१२ औँ राष्ट्रिय कर दिवस : उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मान

Halesi Khabar
70 Shares

खोटाङ, ७ मङ्सिर । करदाता सेवा कार्यालय खोटाङले उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मान गरेको छ । १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम समापनको अवसरमा बिहीबार जिल्लाका दुईजना उत्कृष्ट करदाता र एकजना उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको हो ।

करदाता सेवा कार्यालयको आयोजना तथा खोटाङ उद्योग वाणिज्य सङ्घ खोटाङको सह–आयोजनामा आयोजित कार्यक्रममा सालपा विकास बैङ्क लिमिटेड र हलेसी आयल ट्रेड एण्ड सप्लायर्सलाई सम्मान गरिएको करदाता सेवा कार्यालय खोटाङका प्रमुख नविनचन्द्र घिमिरेले बताउनुभयो । सालपा विकास बैङ्ककातर्फबाट प्रतिनिधि चुडामणी थापा र हलेसी आयल ट्रेड एण्ड सप्लायर्सका प्रतिनिधि ध्रुब श्रेष्ठले सम्मानपत्र ग्रहण गर्नुभएको छ ।

यस्तै, कम्प्युटर अफ्रेटर बिमला राईलाई नगद रु दुई हजारका साथमा प्रशंसापत्रले सम्मान गरिएको छ । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, कार्यालय प्रमुख घिमिरे, खोटाङ उधोग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्य, निवर्तमान अध्यक्ष उपिन कुमार राई लगायतले सम्मान गर्नुभएको हो ।

सालपा विकास बैङ्कले रु ६६ लाख र हलेसी आयल ट्रेड एण्ड सप्लायर्सले रु ११ लाख कर दाखिला गरेका छन् । दश स्थानीय तह रहेको खोटाङको दिक्तेलमा वि.सं. २०७५ सालमा करदाता सेवा कार्यालय स्थापना गरिएको हो ।

तपाईको प्रतिक्रिया