किरात सेवा समाज खोटाङको अध्यक्षमा ध्यानबहादुर राई सर्वसहमत चयन

Halesi Khabar
0 Shares

खोटाङ, १९ कातिक । किरात सेवा समाज खोटाङको अध्यक्षमा ध्यानबहादुर राई चयन हुनुभएको छ । समाजको तेस्रो जिल्ला अधिवेशनले राईको अध्यक्षमा सात पदाधिकारीसहित २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पुष्पा राई र गोपाल राई साम्पाङ, महासचिवमा बालचन्द्र राई, सचिवमा समिता राई, कोषाध्यक्षमा ममता राई र सहकोषाध्यक्षमा रूद्र राई चयन हुनुभएको छ । तीनजना पछि थप गर्नेगरी चयन गरिएको समितिको सदस्यहरुमा मिलनचन्द्र राई, उजना राई, बिनुता राई, सूचनकुमार राई, अनुप राई, खड्गबहादुर राई, किशोर राई, जयप्रसाद राई, धनबहादुर राई, उत्तर राई र मित्रमणि दुमी चयन हुनुभएको छ ।

स्थापना कालदेखि हालसम्म अध्यक्षको नेतृत्व गर्नुभएका दिनेश राई समाजको तेस्रो जिल्ला अधिवेशनबाट बिदा हुनुभएको जनाइएको छ । वि.सं. २०५३ सालमा स्थापना भएको समाजमा २४२ जना साधारण सदस्य रहेका छन् ।

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजना गरिएको जिल्ला अधिवेशनको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गर्नुभएको थियो । समाजमा राई, तामाङ, शेर्पा र मगर समुदायका प्रतिनिधि साधारण सदस्य रहेको जनाइएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया