संसदीय दलका नेताले राजीनामा दिएपछि कांग्रेस प्रमुख सचेतक राईले गरे गाडी फिर्ता

Halesi Khabar
0 Shares

खोटाङ, २८ असोज । नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलबाट राजीनामा दिएको भेलिपल्टै संसद सचिवालयबाट प्राप्त गाडी राईले फिर्ता गरेका हुन् ।

वि.सं.२०७९ मंसीर १० गतेबाट प्राप्त भएको को १ झ ६५१ को स्कारपीयो गाडी संसद सचिवालयलाई फिर्ता गरेको राईले बताउनुभयो । संसदीय दलका नेताले राजीनामा दिएपश्चात राजनीतिक संस्कारको विकासको लागि आफुँ प्रयोग गर्दै आएको गाडी फिर्ता गरेको प्रमुख सचेतक राईले बताउनुभयो । “आज सार्वजनिक बिदाको दिन भएपनि कर्मचारीलाई कार्यालयमा बोलाएर गाडी फिर्ता गरेको हुँ । ” राईले भन्नुभयो ।

 

तपाईको प्रतिक्रिया