सितोरियो कराँते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो प्रथम

Halesi Khabar
0 Shares

खोटाङ, २६ असोज । दिक्तेलमा आयोजना गरिएको १५ औँ जिल्लास्तरीय सितोरियो कराँते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो प्रथम भएको छ । नेपाल सितोरियो कराँते सङ्घ खोटाङले दिक्तेलस्थित माटिकोरेस्थित बहुउद्धेश्यीय कवर्ड हलमा आयोजना गरेको १५ औँ जिल्लास्तरीय प्रतियोगितामा १५ स्वर्ण, १३ रजत र १९ कास्यसहित दिक्तेल डोजो प्रथम भएको हो ।

यस्तै, तीन स्वर्ण, तीन रजत र सात कास्य पदकसहित हलेसी डोजो दोश्रो तथा दुई रजत र पाँच कास्यसहित च्यास्मिडार डोजो तेश्रो भएको सङ्घका अध्यक्ष मिलन कसजूले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी धितुङ डोजोले दुई कास्य पदकसहित चौथो स्थान प्राप्त गरेको जनाइएको छ ।

दिक्तेल डोजोका लागि पुरुष २० केजी तौल समूहमा सिबिहाङ राईले स्वर्ण, नुमसाम राईले रजत, तायामुर राई र समर्पण राईले कास्य पदक दिलाएका छन् । २५ केजी समूहमा जिताहाङ राईले स्वर्ण र सुबुहाङ राईले कास्य पदक जिताएका छन् । ३० केजी समूहमा सुसम राईले स्वर्ण, लिसन राई र अभिशेक राईले कास्य पदक जितेका छन् भने, ३५ केजी समूहमा शिशिर राईले स्वर्ण, सुशासन राईले रजत, कृतन राई र एलन राईले कास्य पदक जितेका छन् ।

यस्तै, ४० केजी समूहमा प्रणयबिक्रम राईले स्वर्ण र प्रज्वल राईले रजत दिलाएका छन् । ४५ केजी समुहमा सोनाम राईले स्वर्ण जितेका छन् । ५० केजी समूहमा सन्देश राईले स्वर्ण, स्मायल राईले रजत, बिबेक राई र आयूष भुजेलले कास्य पदक जितेका छन् । ६० केजी समूहमा विकास आचार्यले स्वर्ण जितेका छन् ।

दिक्तेल डोजोकै महिला २५ केजी समूहमा सरगम राईले स्वर्ण र अर्पना राईले रजत जितेकी छन् । ३५ केजी समूहमा सोमिया राईले स्वर्ण, निश्चल राईले रजत, प्रकृति राई र नियमा राईले कास्य पदम जितेकी छन् । ४० केजी समूहमा समिक्षा राईले रजत र आशा कार्कीले कास्य पदक जिताएकी छन् । ४५ तौल समूहमा आयुश्मा राईले स्वर्ण, करुणा राईले रजत र सिम्रन राईले कास्य पदम जितेकी छन् ।

यस्तै, ५० केजी समूहमा स्मृति राईले स्वर्ण, बिसुका राईले रजत र सम्जिला राईले कास्य पदम जिताएकी छन् । ५५ केजी समूहमा शुसिला राईले स्वर्ण र यूनिशा राईले रजत जितेकी छन् । ६१ केजी समूहमा मुना श्रेष्ठले रजत र प्रगती राईले कास्य पदक जितेकी छन् ।
हलेसी डोजोका लागि पुरुष ५५ केजी समूहमा सुनिल परियारले स्वर्ण, रोशन राईले रजत र नबिन बुढाथोकीले कास्य पदम जिताएका छन् । पुरुष ३० केजी समूहमा थर्डसन राईले रजत, ६० केजीमा लकेश राईले रजत जितेका छन् । ४५ केजीमा डोमन राईले कास्य, ४० केजीमा डिसन राई र नगिन राईले कास्य पदक जितेका छन् ।

यस्तै, महिला ४० केजी समूहमा ओलिसा राईले स्वर्ण जिताएकी छन् । ६१ केजी समूहमा रोजिना शंकरले स्वर्ण र बबिता बस्नेतले कास्य पदम जितेकी छन् । ५० केजीमा सबिना राई र ५५ केजीमा झरना राईले कास्य जितेकी छन् ।

च्यास्मिटार डोजोका पुरुष २५ केजी समूहमा संगम राईले रजत र अर्बिन राईले कास्य पदक जितेका छन् । ४५ केजीमा अनुप राईले रजत र सन्देश राईले कास्य पदम जितेका छन् । ५५ केजी समूहमा मिलन राईले कास्य जिताएका छन् ।

महिला ४५ केजीमा दिक्षा राई र ५५ केजी समुहमा प्रयुसा राईले कास्य पदक जितेकी छन् । धितुङ डोजोका महिला ४० केजी समूहमा मनिता दर्नाल र पुरुष ६० केजी समूहमा युकेश राईले कास्य पदक जितेकाको अध्यक्ष कसजूले जानकारी दिनुभयो । पुरुष एकल कातामा दिक्तेलका अभिशेक राईले स्वर्ण, सोनाम राईले रजत, विकास आचार्य र आयुस भुजेलले कास्य पदक जितेका छन् ।

महिला एकल कातामा दिक्तेल डोजोकै सोमिया राईले स्वर्ण, अनिशा राईले रजत, बिशुका राई र करुणा राईले कास्य पदक जितेकी छन् । १८ स्वर्ण, १८ रजत र ३६ कास्य पदकका लागि प्रतिष्पर्धा गरिएको प्रतियोगिता जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उद्घाटन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया