खोटाङ, १३ असोज । खोटाङका एमाले नेता देवान राईले प्रदेश कमिटि उप–सचिवमा उम्मेदवारी दिएका छन् । प्रदेश अध्यक्षका उम्मेदवार घनश्याम खतिवडाको टिमबाट नेता राईले उप–सचिवमा उम्मेदवारी दिएका हुन् । बिराटनगरमा जारी एमालेको प्रदेश अधिबेसनमा राईले उप–सचिवमा उम्मेदवारी दिएको एमाले खोटाङका सचिव कुमार आचार्यले बताए ।
२०४६ देखि राजनीतिमा लागेका राई हाल एमाले प्रदेश कमिटि सदस्य एबं स्वास्थ्य बिभाग प्रमुखको जिम्मेवारीमा छन् । खोटाङबाट दलित सदस्यमा चर्च बिक, महिला सदस्यमा बिणादेबी राई, पुष्पकला भुजेल र दिलकुमारी राई निर्विरोध भएका छन् । यस्तै, चार जना खुला सदस्यका लागि जिल्लाबाट आठ जना र ४० वर्षमुनिको एक सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको छ । आईतबार बिहान साँढे सात बजेसम्म मनोनयन फिर्ताको समय भएका कारण सहमती जुटाउने प्रयास भइरहेको सचिव आचार्यले बताए ।
एमाले प्रदेश कमिटि अध्यक्षमा खतिवडा र बिनोद ढकाल चुनावी मैदानमा उत्रिएका छन् । अन्य नेता खतिवडाको पक्षमा हुँदा ढकालको पक्षमा भीम आचार्य मात्र उभिएका छन् । प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उप–सचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ ।
एमाले प्रदेश कमिटि उप–सचिवमा देवान राईको उम्मेदवारी
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- २. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ३. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
- ४. नयाँ वर्ष २०८३ को पहिलो दिन : पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड
- ५. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा
- ६. किसानलाई व्यवसायिक बनाउन मौरीको आधुनिक घारसहित तालिम प्रदान


