खोटाङ, १३ असोज । खोटाङका एमाले नेता देवान राईले प्रदेश कमिटि उप–सचिवमा उम्मेदवारी दिएका छन् । प्रदेश अध्यक्षका उम्मेदवार घनश्याम खतिवडाको टिमबाट नेता राईले उप–सचिवमा उम्मेदवारी दिएका हुन् । बिराटनगरमा जारी एमालेको प्रदेश अधिबेसनमा राईले उप–सचिवमा उम्मेदवारी दिएको एमाले खोटाङका सचिव कुमार आचार्यले बताए ।
२०४६ देखि राजनीतिमा लागेका राई हाल एमाले प्रदेश कमिटि सदस्य एबं स्वास्थ्य बिभाग प्रमुखको जिम्मेवारीमा छन् । खोटाङबाट दलित सदस्यमा चर्च बिक, महिला सदस्यमा बिणादेबी राई, पुष्पकला भुजेल र दिलकुमारी राई निर्विरोध भएका छन् । यस्तै, चार जना खुला सदस्यका लागि जिल्लाबाट आठ जना र ४० वर्षमुनिको एक सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको छ । आईतबार बिहान साँढे सात बजेसम्म मनोनयन फिर्ताको समय भएका कारण सहमती जुटाउने प्रयास भइरहेको सचिव आचार्यले बताए ।
एमाले प्रदेश कमिटि अध्यक्षमा खतिवडा र बिनोद ढकाल चुनावी मैदानमा उत्रिएका छन् । अन्य नेता खतिवडाको पक्षमा हुँदा ढकालको पक्षमा भीम आचार्य मात्र उभिएका छन् । प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उप–सचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ ।
एमाले प्रदेश कमिटि उप–सचिवमा देवान राईको उम्मेदवारी
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. बाँस प्रवद्र्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नाष्टद्धारा पुरस्कृत
- २. सुनकोशीको फोक्सिङटार र बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानको काम सुरु
- ३. कपासेभञ्ज्याङको राष्ट्रिय विभूति पार्क (उद्यान) सञ्चालनमा
- ४. दुमी किरात राई फन्सीकीमको केन्द्रीय अध्यक्षमा ऋखीश्वर सरचु दुमी राई चयन
- ५. साकेला उँधौली चाड : अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामना !
- ६. दिक्तेल रुपाकोट मझुवागढीलाई नाष्टको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’


