खोटाङ, १० असोज । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा गारा टोलकी ३ वर्षीय प्रतिमा राई दिदिहरुलाई पछ्याउँदै विद्यालय जान्थिन् । साना भएकाले प्रतिमालाई आफ्नै दिदिहरुले पिठ्युँमा बोकेर वा हातमा समाएर डो¥याउँदै स्कुल लैजाने र ल्याउने गर्थिन् । तर मंगलबार स्कुल जाने क्रममा बाटोमा बिच्किएको अरिंगालले टोक्दा प्रतिमाले ज्यान गुमाएकी छन् । कालो अरिंगालको गोलो खनिएर टोकेपछि गम्भीर घाइते भएकी प्रतिमाको जिल्ला अस्पताल दिक्तेलमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिमा केपिलासगढी गाउँपालिका–१ फेदीको सारालुङस्थित जनसेवा प्राबिमा अध्ययनरत दिदिहरुसँग स्कुल जाने आउने गर्थिन् । ‘स्कुल जान बानी परुन् र लेखपढ गर्न सिकुन्’ भन्ने उद्धेश्यले बुवा टिकाराम र आमा जसुदाले प्रतिमालाई दिदिहरुको साथमा स्कुल पठाउने गरेका थिए । प्रतिमा घरकी पाँच छोरीमध्ये कान्छी छोरी हुन् ।
खार्ताम्छाका वडाध्यक्ष मिलन राईका अनुसार बाँदरले बिच्क्याएको अरिंगालले प्रतिमा र ८ वर्षीय तेन्जी शेर्पालाई टोकेको थियो । तेन्जीलाई अरिंगालले टोकेपछि सबै भाग्न सफल भए पनि प्रतिमा भाग्न नसक्दा गोलो खनिएर टोकेको थियो । सिकिस्त अवस्थामा स्वास्थ्यचौकी पु¥याइएकी प्रतिमालाई जिल्ला अस्पताल रेफर गरिएको थियो । दिउँसो १.१५ बजे अस्पताल भर्ना गरिएकी बालिकाको २.३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । एउटा अरिंगालले टोकेका शेर्पाको अवस्था सामान्य छ । बिच्किएको अरिंगालले केही समयअघि अन्य स्थानीयलाई पनि टोकेको वडाध्यक्ष राईले बताए । विपन्न परिवारका राई दम्पत्ती मोबाइल समेत चलाउँदैनन् ।
स्कुल जानेक्रममा अरिंगालले टोक्दा अस्ताइन् प्रतिमा
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण
- २. जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत
- ३. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- ४. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ५. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ६. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा


