१६ भदौ, काठमाडौं । आचार्य बन्धु समाज नेपाल बाग्मती प्रदेशको अध्यक्षमा पुनः जयराज आचार्य निर्बाचित भएका छन् । आज भएको काठमाडौंमा आयोजीत आचार्य बन्धु समाज नेपालको बाग्मती प्रदेशको अधिवेशनमा अध्यक्षमा जयराज आचार्य निर्बाचित भएका हुन् ।
समाजको उपाध्यक्षमा घनश्याम आचार्य, महासचिवमा लक्ष्मण आचार्य, सचिवमा रामकुमार आचार्य, सहसचिवमा अर्जुन आचार्य तथा कोषाध्यक्षमा शैलेश आचार्य निर्बाचित भएका छन् ।
त्यसैगरी निर्बाचित सदस्यहरुमा प्रकाश कुमार आचार्य, राम प्रसाद आचार्य, चिरञ्जीवी आचार्य, प्रकाश कुमार आचार्य, भूवनराज आचार्य, पदम प्रसाद आचार्य, माधव प्रसाद आचार्य र लक्ष्मी आचार्य रहेका छन् ।
बागमती प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधिहरुको अधिवेशनबाट आज काठमाडौंको डिल्लीबजार चारखालस्थीत एक पार्टी भेन्युको भब्य अधिवेशनबाट उक्त कार्यसमिति चयन भएको हो । कार्यक्रममा आचार्य समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य, समाजका पुर्व अध्यक्ष तथा उद्योगपति कृष्ण प्रसाद आचार्य, नवनिर्बाचित बागमती अध्यक्ष जयराज आचार्य, केन्द्रीय महासचिव शुभनराज आचार्य, प्रदेशका नबनिर्बाचित महासचिव लक्ष्मण आचार्यलगायतले समाजलाई अगाडी बढाउने बिषयमा आफ्नो मन्तब्य राखेका थिए ।
मन्तब्य राख्ने क्रममा केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले आचार्य बन्धु समाजले बिशाल सदन बनाउने लक्ष पुरा गर्ने दाबी गर्दै समाजको सदस्यता लिन आह्वान गरेका थिए । उनले बागमति प्रदेशको अधिवेशनपछि कम्तीमा ६ महिना देशभरका ७७ वटै जिल्ला, ७ वटै प्रदेश तथा बिश्वभर प्रवास समितिहरु निर्माण गर्न लागि पर्ने हुँदा ६ महिनासम्मका कुनैपनि शनिबार समाजका कार्यक्रमका लागि आफुहररु खाली नरहने बताए ।
निर्बाचन सम्पन्न गर्नका लागि अधिवक्ता गणेश आचार्यको संयोजकत्वमा अधिवक्ता मुक्ती आचार्य र लिजा आचार्यको निर्बाचन समिति गठन गरिएको थियो भने कार्यक्रम संचालन केन्द्रीय महासचिव शुभनराज आचार्यले गरेका थिए ।
आचार्य बन्धु समाज नेपाल बाग्मती प्रदेशको अध्यक्षमा पुनः जयराज निर्बाचित
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
- २. छैटौँ सोल्मा अन्तर वडा कप–२०८३ : सोल्मा र बाँझेच्यानडाँडाको विजयी यात्रा सुरु
- ३. छोरम्बुमा जुनेश बस्नेत स्मृती खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिता हुने
- ४. रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि
- ५. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- ६. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ


