काठमाडौँ । नेकपा एमाले निकट प्रेस चौतारी नेपालले गैर पत्रकारहरुलाई पनि पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरेको भन्दै नेपाल पत्रकार महासंघप्रति आपत्ति जनाएको छ । नेपाल चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले मापदण्द विपरित गएर पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरिएको भन्दै नेपाल पत्रकार महासंघप्रति आक्रोश व्यक्त गरेका हुन् । शनिवार काठमाडौंमा प्रेस चौतारी नेपाल, बामगती प्रदेश समितिले प्रकाशित गरेको सम्पर्क डायरी सार्वजनिक गर्दै उहाँले पत्रकार महासंघले क्याम्पस प्रमुख, विद्यालयका प्रधानाध्यापकजस्ता गैर पत्रकारहरुलाई पनि पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरिरहेकाले त्यस बिरुद्ध महासंघको कार्यालयमा तालाबन्दी गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिए । अध्यक्ष बस्नेतले पत्रकार शुद्धीकरण अभियान अन्तर्गत तयार पारिएको १५ बुँदे मापदण्ड विपरित महासंघले वितरण गरेको सदस्यता आफ्नो संगठनलाई स्वीकार्य नहुने पटकपटक दोहोर्याए ।कार्यक्रममा चौतारीको वागमती प्रदेश समितिले दोलखाका विनिता शिवाकोटी र मकवानपुरकी सरिता दाहाललाई क्रियाशील पत्रकारिता पुरस्कार वितरण गर्ने जानकारी गराएको छ । समितिका अध्यक्ष शरद सापकोटाले यस वर्षको उत्कृष्ट जिल्ला पत्रकारिता पुरस्कार भने प्रेस चौतारी नेपाल रामेछाप जिल्ला कार्य समितिलाई वितरण गर्न लागिएको बताए ।
गैरपत्रकारलाई सदस्यता वितरण गर्ने महासंघको निर्णय आपत्तिजनक : प्रेस चौतारी
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण
- २. जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत
- ३. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- ४. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ५. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ६. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा


