भदौ १० खोटाङ, नेपाल निर्माण व्यवसायी संघ खोटाङको अधिवेशन आगामी माघ पहिलो हप्तामा हुने भएको छ ।
आईतबार जिल्ला समन्वय समितिको हलमा सम्पन्न १० औं साधारणसभाले छैटौ जिल्ला अधिवेशन आउने माघ ५ र ६ गते दिक्तेलमा गर्ने निर्णय गरेको छ ।
छैटौ जिल्ला अधिवेशन ऐतिहासिक, सभ्यभव्य बनाउन निर्माण व्यवसायी संघ खोटाङका अध्यक्ष रमेश पौडेल(दिनेश)को संयोजकत्वमा नौ सदस्यीय (मुल आयोजक)अधिवेशन व्यवस्थापन समिति गठन गरिएको छ ।
मूल आयोजक अधिवेशन व्यवस्थापन समिति सदस्यहरुमा कृष्णप्रसाद घिमिरे, दिलचक्र राई, भिषण राई, सुनिल राई, प्रकाश थापा, युवराज रिजाल, कविकुमार राई, र यादवसेन राई छन् ।
कविकुमार राईको संयोजकत्वमा पाँच सदस्यीय अधिवेशन प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ । सदस्यहरुमा भिम राई, विज्ञान राई, शसिकुमार राई, विराज अचार्य छन् । प्रचारप्रसार समितिमा यादवसेन राईको संयोजकत्वमा नरेन्द्र ढकाल र प्रविन आचार्य तथा आर्थिक व्यवस्थापन संयोजकमा भिषण राईको नेतृत्वमा प्रकाश थापा, दिवासन राई र जोसेफ रिजाल छन् ।
साधारण सभाले आगामी अधिवेशनसम्म पौडेल कायम रहेको समितिलाई नै आधिकारीक कार्य समितिको मान्यता दिने, निर्माण व्यवसायी संघमा आवद्ध सम्पूर्ण निर्माण कम्पनीहरुलाई यथासिघ्र सम्बन्धित निकायमा नविकरण गर्न सूचित गर्ने र संघमा नविकरण गर्न एक हजार एक सय शुल्क निर्धारण गर्ने निर्णय गरेको छ ।
साधारण सभामा संघका अध्यक्ष पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शरद राई र सह–कोषाध्यक्ष विराज आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई साधारण सभाले अनुमोदन गरेको छ । निर्माण व्यवसायी संघलाई जिल्ला प्रशासन कार्यालयमा असोज मसान्तभित्र नविकरण गरिसक्ने जिम्मेवारी पनि अध्यक्ष पौडेललाई दिएको छ ।
निर्माण व्यवसायी संघ खोटाङको अधिवेशन माघ पहिलो साता हुने
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. डा. रोकाको प्रतिवद्धता : गाउँको विकास गर्न ग्रामीण विकास मन्त्रालय स्थापना गर्छु
- २. खोटाङका दुई स्थानीय तहले गरेनन् राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
- ३. खोटाङमा पत्रकार तथा निर्वाचन आचारसंहिता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
- ४. निर्वाचन आयोगले आजदेखि लगायो मादक पदार्थ बिक्रीवितरण र सेवनमा रोक
- ५. नाबालिका छात्रा माथि जबरजस्ती करणीको घटनाप्रति चार विद्यार्थी संगठनको ध्यानाकर्षण
- ६. नेसपाका केन्द्रीय सदस्य राईसँगै एमाले खोटाङका नेताहरु श्रम संस्कृति पार्टीमा प्रवेश


