खोटाङ – केही दिनदेखी लगातार परेको वर्षाका कारण खोटाङमा ६ घर पहिरोको जाेखिममा परेका छन्। हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–७ महादेवस्थानका स्थानीयको ६ घर पहिरोको उच्च जोखिममा परेका हुन्।
महादेवस्थानका स्थानीय कृष्ण कार्कीको बन्दै गरेको घर, डम्बर कार्की, कमानसिं रार्ई, बलबहादुर राई, केशव परियार र दिपक परियारको घरमुनीबाट पहिरो गएको र रमेश बस्नेतको घर माथिबाट आएको पहिरोको कारण उच्च जोखिममा परेको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष तथा नगर प्रवक्ता कमल गिरीले जानकारी दिए।
पहिरोका कारण घर जोखिममा परेपछि नगरपालिकाबाट त्रिपाललगायतका सामग्री लिएर जाने तयारी
भइरहेको उनको भनाई छ। पहिरोमा लेदो बगीरहेकाले थप जोखिम हुने स्थिति रहेकाले सचेत हुनसमेत भनिएको गिरीको भनाई छ ।
यस्तै, केपिलासगढी गाउँपालिकाको खातम्छा र फेदी जोड्ने सडकमा पहिरो खस्दा यातातात बन्द भएको छ। त्यही सडक भएर पारिपट्टी रहेको कुहुँडाँडा मावि जाने विद्यार्थीलाई सडक बन्द भएपछि वारीपट्टी रहेको शुक्रजित माविमा पढ्ने वातावरण मिलाइएको गाउँपालिका अध्यक्ष समीर राई जानकारी दिए।
पहिरोका कारण हलेसीबजारका ६ घर उच्च जाेखिममा
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण
- २. जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत
- ३. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- ४. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ५. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ६. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा


