जिन्दगी !

Halesi Khabar
7 Shares

शोभा बुढाथोकी
दिक्तेल रुपाकोट मझुवागढी–७ दोर्पाचिउरीडाँडा, खोटाङ ।
शहरको एउटा गल्लीमा चप्पल घिसार्दै गर्दा छेउमा अलि–अलि मान्छेहरूको जमात थियो । मेरो नजर त्यतातिर गयो ।

एउटा ज्योतिष कसैको भविस्यसँग खेल्दै रहेछ ! मान्छेहरु अचम्म मान्दै बडो चाखसँग हत्केला पसार्दै थिए । अर्कोपट्टी एउटा सानो बालक थियो । जो आफ्नो भविस्य अरुले दिने दुई रुपैयाँमा अडाएर आफ्नो हात फैलाइरहेका थिए !

अनि एकछिन सोचे ! के त्यो ज्योतिषले आजसम्म त्यो बालकको हात हेर्यो ?
पैसा नभइ हात देखाउन सक्ने उसको औकात पनि थिएन । मभित्रको एउटा मुसाफिर बोल्यो ।

महोदय, पैसामा हत्केला बेची आफ्नै भविष्यमा हास्ने कि ?
म खल्तीबाट हात झिकेर मुस्कुराउँदै अगाडि बढे …

 

तपाईको प्रतिक्रिया