काठमाडौ । साहित्यकार पेशल आचार्यकाे ब्रेन ट्युमरकाे कारण निधन भएको छ। उपचारको क्रममा उनको ललितपुर, भैंसेपाटीकाे मेडिसिटी हस्पिटलमा ५६ वर्षको उमेरमा निधन भएको हाे।
उनी अाफ्नाे टाउकोकाे समस्या सामान्य मानेर एक्लै अन्नपूर्ण न्यूराे हस्पिटल पुगेका थिए। टाउकोमा ट्युमर देखेपछि डाक्टरहरूले शल्यक्रिया गर्नुपर्ने बताए र उनको त्यहीँ अस्पतालमा चौथो पटकसम्म शल्यक्रिया भएको थियो। त्यसपछि अन्नपूर्ण न्यूराे हस्पिटललले मेडिसिटी हस्पिटल लाने सल्लाह दिएका थिए।
साउन १ गते उपचारको क्रममा उनको मेडिसिटी अस्पतालमा निधन भएकाे हाे। साहित्य र समालोचनामा उत्तिकै कलम चलाउँदै अाएका आचार्यका ब्याक बेञ्चर, पावर, मनि र सेक्स, किस्ताको कम्प्यूटर जस्ता दर्जनौं कृति प्रकाशित छन्।
रामेछापकाे मन्थली माविमा सहायक प्रधानाध्यापककाे रूपमा कार्यरत
उनी साथीभाइ, आफन्त र विद्यार्थीहरू माझ निकै लोकप्रिय थिए।
साहित्यकार आचार्यकाे निधन
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण
- २. जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत
- ३. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- ४. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ५. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ६. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा


