खोटाङ, गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा खोटाङमा चार जना पक्राउ परेका छन् ।
ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर ४ जलेश्वरीस्थित रमितेडाँडामा गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा जलेश्वरीका २६ वषीय दावा तामाङ, २८ वर्षीय हेमकुमार तामाङ, २६ वर्षका मोहन तामाङ र ३२ वर्षका खियामा तामाङ रहेका छन् । २८ वर्षीय बुद्धिमान तामाङ भने फरार भएका छन्।
गोरु काटेर भाग लगाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय ऐंसुलुखर्कले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमन अर्यालले जानकारी दिए ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान तथा कारवाही पकृया अगाडि बढाइएको उनको भनाई छ । फरार तामाङको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
खाेटाङमा गोरु काटेकाे आराेपमा चार जना पक्राउ
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण
- २. जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत
- ३. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- ४. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ५. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ६. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा


