खाेटाङ, रास्वपा खोटाङले पहिलो पटक वडा कमिटि गठन गरेको छ। दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका वडा नम्बर ५ लफ्याङबाट तदर्थ कमिटि गठन सुरु गरेको हो।
सोनामहाङ राईको संयोजकत्वमा ११ सदस्य समिति गठन गरेको रास्वपा खोटाङ निर्वाचन क्षेत्रीय समिति सदस्य मुकुन्द कृष्ण थापाले जानकारी दिए। उनका अनुसार समितिको सह संयोजकमा युवराज कट्वाल, सचिवमा सुजन घिमिरे, सहसचिवमा दिपेन खत्री, कोषाध्यक्षमा सरिता आचार्य मिस्र, सदस्यहरुमा रोनाल भुजेल, आकास आचार्य, पर्शुराम कटवाल, रितप्रसाद राई, लोक थापा, चन्द्रकला दुलाल रहेका छ्न। रास्वपाको विधान अनुसार तदर्थ कमिटि गठन गरिएको सदस्य थापाले जानकारी दिए। उनका अनुसार यो कमिटि जिल्लामा पहिलो हो। अब केही महिना भित्र जिल्लाका ७९ वटै वडामा तदर्थ समिति गठन गर्छौं । 

रास्वपा खोटाङले पहिलाे पटक गठन गर्याे वडा कमिटि
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण
- २. जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत
- ३. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- ४. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ५. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ६. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा


