खोटाङ उद्योग बाणिज्य संघको भोली बिहीबार हुने निर्वाचनले दिक्तेलबजारको माहोल तातिएको छ ।
स्वतन्त्रतर्फबाट अध्यक्षमा राजन प्रसाद आचार्य र तीन दलीय(कांग्रेस,एमाले,माओवादी) भागबण्डाबाट समुन्द्र प्रसाद जोशी अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।
यस्तै, स्वतन्त्रबाटै महासचिवमा युवा व्यवसायी अजय बस्नेत, कोषाध्यक्षमा नेत्र कट्वाल र सदस्यहरुमा कैलाश भट्टराई, किसन कुमार राई, ज्ञान बहादुर राई र डोर नारायण हिङमाङ चुनावी मैदानमा उत्रेका छन् ।
स्वतन्त्र उम्मेदवार समुहले व्यवसायीलाई मिस म्याचबाट जोगाउन संघमा व्यवसाय सम्बन्धीको पूर्ण हेल्प डेस्क सञ्चालन गर्नेदेखि उद्योग वाणिज्य संघको पहलमा विद्यार्थीहरुलाई पार्ट टाइम जबको सुविधा दिनेसम्मका १५ बुंदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
स्वतन्त्र समुहले उद्योगी, व्यवसायीमैत्री घोषणा पत्र सार्वजनिक गरेपछि मतदाताहरु मतदान गर्नमा उत्साहित देखिएका छन् । सामाजिक सञ्जालबाट पनि स्वतन्त्र समुहलाई भोट माग्नेको ओईरो लागेको छ ।
तीन दलीय भागबण्डाबाट महासचिवमा सुमन श्रेष्ठ र कोषाध्यक्षमा युधिर शाक्य चुनावी मैदानमा छन् ।
तीन दलीय भागबण्डाले एमालेलाई प्रथम उपाध्यक्ष विजयश्वर श्रेष्ठ, द्धितीय उपाध्यक्ष मनिशोभा राई र सचिव लेख बहादुर खड्कालाई सर्वसहमत गरिसकेको छ । एमालेतर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गराएका राजेन्द्र(राजु) लयालु भने ब्याग भईसकेका छन् ।
मतदान भोली विहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म वाणिज्य संघको भवनमा हुनेछ । भोली नै नतिजा आउने निर्वाचन समिति संयोजक ध्रुव कार्कीले जानकारी दिए ।
तातियो उद्योग वाणिज्य संघको चुनाव, स्वतन्त्रको चर्चा
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत
- २. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- ३. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ४. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ५. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ६. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान


