कुन कम्युनिष्ट पार्टीले टिकाउन सक्ला नेपाली वामपन्थी राजनीतिक भविष्य ?

Halesi Khabar
0 Shares

-कमल ढकाल
वामपन्थी राजनीति भन्नाले त्यो पक्ष वा विचारधारालाई भनिन्छ, जसले पुरानो आदर्श बोकेको समाजलाई बदलेर आर्थिक तथा जातीय समानता ल्याउन सङ्घर्ष गर्छ र परिवर्तन ल्याउछ । वामपन्थी विचारधारा समाजमा कुनै पनि कारणले अन्य व्यक्तिको तुलनामा पछाडि पारिएका वा कुनै कारणले अरूको तुलनामा कमजोर छन्, शक्तिहीन छन् र आफ्ना विचारहरु निडरता पूर्वक राख्न सक्तैनन् । त्यस्ता मानिसहरूसँग हातेमालो गर्दै उनीहरुको आवाजलाई साथ दिन्छ ।

अशक्तहरु र पहुँचहीनहरुसँग मन मिलाउछ र प्रगतिशील र क्रान्तिकारी विचारको माध्यमबाट सामन्त, शोषक, दलाल, पुँजीवादी, नोकरशाही, अभिजात वर्गको उछितो काडी उनीहरुलाई जनता सामु नाङ्गेझार बनाउनेतर्फ लाग्छ । ‘वाम’ र ’दक्षिण’ शब्दहरूको खास प्रयोग भने फ्रान्सेली क्रान्तिको युगमा प्रारम्भ भएको थियो । फ्रान्सेलि क्रान्तिभन्दा पहिला संसद बस्दाका समयमा त्यहाँका राजालाई हटाएर देशमा गणतन्त्र ल्याउन चाहने र धर्मनिरपेक्षता चाहने शक्तिहरु जहिल्यै बायाँ पट्टी बस्थे र राजा चाहने शक्ति अन्य पट्टी बस्थे ।

बायाँ पट्टी बस्ने शक्तिले वर्गीय कुरा उठाउदै आउने क्रममा किसान, मजदुर, गरिब र श्रमजीवीहरुलाई सङ्गठित गरेर अगाडि बडेको हुनाले उक्त शक्तिलाई वामपन्थी भनिएको हो । त्यसैले वामपन्थी सर्वहारा वर्गसङ्घर्षको विचारधारा हो । आधुनिक समयमा समाजवाद र साम्यवादसँग सम्बन्धित विचारधारालाई बायाँ राजनीतिमा राखेर हेर्ने विश्व दृस्ठिकोण रहिआएको छ । फ्रान्सेली क्रान्तिको युगमा वामपन्थी विचारधारालाई गणतन्त्र स्थापनाको विचारधारा मान्न सकिन्छ । यहीँ विचारको उद्भवले गर्दा नै विश्वका अन्य देशहरूमा फैलिदै नेपालमा यो वामपन्थी विचार आएको पुष्टि हुन्छ ।

किसान र मजदुरका प्रणेता कार्ल माक्र्सको वैज्ञानिक विचार र दर्शनले आधा विश्वलाई कम्युनिस्ट बनाएको थियोे । यही विश्वब्यापी प्रभाव सर्दै नेपाल प्रवेश गरेको देखिन्छ । कम्युनिस्ट एक राजनीतिक उन्नत विचारधारा हो । यसले वर्गसङ्घर्षको माध्यमबाट सामाजिक न्यायसहितको राज्य व्यवस्थाको परिकल्पना गरेको छ ।

नेपालमा समकालीन राजनीतिक घटनाक्रमहरुमा कम्युनिस्ट विचार, सिद्धान्त र धरातल निकै फराकिलो बन्दै गएको छ । वामपन्थीहरुको प्रभावले निकै गहिरो जरा गाडेको छ । हाम्रो वर्तमान नेपाली समाजको चिन्तन र राजनीतिक आवश्यकतामा वाम राजनीतिको महत्व जसरी बढी रहेको देखिन्छ त्यस अनुपातमा मुख्य वाम राजनीतिक नेतृत्वहरु जनताबाट पाएको विश्वास र जिम्मेवारीको भूमिकाप्रति कमजोर सावित हुँदै आएका छन् । उनीहरुको राजनीतिक व्यवहार जनउत्तरदायी र जवाफदेही हुन सकिरहेको छैन ।

नेपाली वामपन्थीहरुले बहुदलीय प्रणालीलाई स्वीकार गरेपछि आम निर्वाचनहरुमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) र अन्य ससाना वामपन्थी पार्टीहरु एक नहुँदा देशभित्र अत्यन्तै कमजोर राजनीतिक पृष्ठभूमिमा बाचेको नेपाली काँग्रेस पुनः पहिलो दलको रूपमा उदाएको छ । यसो हेर्दा पहिला गुमेको काँग्रेसको जनविश्वास पुनः फर्केको जस्तो देखिन्छ तर, वामपन्थी शक्तिहरु एक भएर चुनावी मैदानमा जाने हो भने काँग्रेस लगायत अन्य शक्तिहरु पृथ्वीमा आफ्नो अस्तित्व कायम गर्न नसकेको डाइनोसर जस्तै हुन्छन् ।

अब हामीले यो वामपन्थी उर्वर भूमिमा किन अरुहरुले कमाइ लाएर खाँदैछ्न भन्ने विषयमा बहस र छलफल गर्दै निष्कर्ष निकाल्न थाल्नुपर्ने समय आएको छ । नेपाली वाम राजनीतिले हाँकेको पछिल्लो एक दशकको राजनीतिक बाटोमा कसरी, किन र कहिलेबाट विचलन आयो भन्नेबारे खास अध्ययन, विमर्श र टिप्पणी गर्नु सान्दर्भिक हुन्छ । साथै कुन पाटीँ र नेतृत्वले वामपन्थी विचारलाई जोगाउन सक्छ भन्ने कुराको व्याख्या, विश्लेषण गर्न आवश्यक भएको छ ।

हाम्रो नेपालको भू-राजनीतिक अवस्थामा विदेशी शक्ति केन्द्रको प्रभाव देखिएकोले राजनीतिक स्थिरता नै अप्ठ्यारोमा परेको छ । सत्ता बाहिर हुँदा विदेशी शक्ति केन्द्रहरुको खुलेर विरोध गर्ने दलहरू सत्तामा पुगेपछि र पुग्नको लागि पनि लम्पसार पर्ने गरेको गुनासो सर्बत्र छ । तुलनात्मक रूपमा राष्ट्रिय हितका निमित्त अपरिहार्य रहेको राष्ट्रिय स्वाभिमानका पक्षमा वामपन्थीहरु अगाडि छन् । वामपन्थीहरुको पक्षमा आम जनचाहना उर्लिएको देखेर देशीविदेशी उद्दारवादी, विस्तारवादी र साम्राज्यवादी शक्तिहरु वामपन्थी नेता र पार्टीबीचमा अन्तरविरोध सृजना गराउन चाहान्छन् । त्यही शक्तिहरुको गलत सोचाइमा नेपाली वामपन्थीहरुको भुलभुलैया रहिआएको छ । यदि वामपन्थी दलहरू एक भएर चुनावमा जाने हो भने निरन्तर सरकार सञ्चालनको हैसियतमा रहने कुरामा बिमती छैन ।

२०७९ सालको आम निर्वाचनमा भएको अति नै त्रुटिपूणर् प्रचण्ड गठबन्धन र राजनीतिक सहकार्यले वाम शक्ति केन्द्रहरू पहिलेको अवस्थाभन्दा कमजोर भएका छन् । प्रचण्डको बैचारिक दिशाहीनताले गर्दा वामपन्थी प्रभावमा आघात पुगिरहेको छ भने उसैको नेतृत्वदायी भूमिकामा रहेको माओवादी केन्द्र बाबुराम, वैद्य, विप्लव जस्ता समूहहरुमा टुक्राटुक्रा भएको छ । अहिले माओवादी केन्द्रको वैचारिक, सैदान्तिक बिचलनले गर्दा उसमा रहेको जनविश्वास क्षण क्षणमा घटिरहेको छ । उसका सङ्गठनहरु धेरै कमजोर र प्रभावहीन बन्दै गएका छन् ।

कम्युनिस्ट पार्टीको मुख्य केन्द्र भागमा नेकपा एमाले रहेको छ । यो कम्युनिस्ट पार्टी मात्रै होइन अरु पार्टीभन्दा पनि ठूलो पाटीँ हो समानुपातिक मतका आधारमा हेर्दा । एमालेमा पनि अनेक गिद्धे दृस्टी परेर माधव, झलनाथहरु चोइटिन पुगे । यसको असर सामान्यतया एमालेलाई पनि पर्‍यो तर, एमालेको इमानदार र शक्तिशाली सङ्गठनका कारण खासै त्यत्रो प्रभाव परेको देखिएको छैन । दिनहुुँ एमाले प्रति जन आकर्षण बढिरहेको छ ।

अन्य कम्युनिस्ट पार्टी छोडेर आउनेको लर्को लागिरहेको छ । आलोचकहरु केपी ओलीसँग चर्को बिमती राख्छन् तर, ओलीको राष्ट्र, रास्ट्रियता, सार्वभौमसत्ता प्रतिको अडान प्रशंसा गर्न लायक छ । कसैसँग गलत सौदाबाजी नगर्ने दृढताले नै सबै देशीविदेशी शक्ति केन्द्रहरु विरुद्धमा लाग्दा पनि आफ्नो पाटीँको प्रभाव भने कायम छ । यो प्रभाव निरन्तर बढ्दो छ । अन्य कम्युनिस्ट पार्टीहरुको तुलनामा एमाले झन्झन् शक्तिशाली हुँदै गएको छ ।

नेपाली राजनीतिलाई गम्भीरता पूर्वक समिक्षा गर्ने हो भने राजनीति कोर्स परिवर्तन हुन खासै समय नलाग्ने लामो इतिहास रहिआएको छ । वर्तमान समयमा वाम राजनीतिक दलहरूबीच आएको तिक्ततापूणर् वैचारिक मतभेदले देशको राजनीतिक कोर्समा निरन्तर निरन्तर क्रमभङ्गता हुँदै छ । बिगत समयमा ओलीलाई प्रतिगामी भएको आरोप लगाउदै काँग्रेससँग गलत सहकार्य र तालमेल गर्न पुगेका प्रचण्डलाई उक्त राजनीतिक क्षति र तिक्ततालाई समेत बिर्सेर नेकपा एमालेकै मुख्य सहयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कमरेड प्रचण्डलाई देशको प्रधानमन्त्रीमा समर्थन गरेपछि नियुक्त भए । यो ओलीको ठूलो त्याग थियो ।

किन कि प्रचण्ड नै हिजो ओलीका कट्टर आलोचक थिए भने एमाले फुटाउने काममा लागिपरेका नेता थिए । एमाले फुटाउने खलनायकको दाग लागेका प्रचण्डलाई वामपन्थी शक्तिहरु एक नभएसम्म देशको विकास र समृद्धि असम्भव छ भनेर ओली अदृश्य रुपमा आफू आलोचित हुँदै सहकार्य गरेर अगाडि बढ्न सहमत भएका थिए । यो कार्यले वाम सहयात्राको पुनः नेपाली वामपन्थी राजनीतिमा एक नयाँ अध्यायको सुरुवात हुने न्यानो सङ्केत देखिरेहेकै बेला एउटा नयाँ राजनीतिक जटिलतामा देशलाई फसाउने काम प्रधानमन्त्री प्रचण्डबाट भएको छ । उसले एमालेसँग टाढिने मनसायले विदेशी प्रभुहरुसँग लम्पसार परी पुन काँगेससँग सहकार्य गर्न पुग्नुले उनीसँग राजनीतिक ईमान र विश्वास नभएको पुष्टि भएको छ । यो गलत निणर्यले नेपाली वामपन्थी आन्दोलन पुनः संशयको विशाल भूमरीमा फसेको छ ।

प्रचण्डमा क्रान्तिकारी सोच हराएको छ । एमालेका अध्यक्ष कमरेड ओली र माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डबीचको नेतृत्वदायी भिन्नताको खाडल कति गहिरो छ भन्ने कुरा आम नेपाली जनताले बोध गर्ने बेला भएको छ । देशको स्वाभिमानको रक्षा, राष्ट्रिय हितको संरक्षण र समृद्ध नेपालको चाहनाले नेकपा एमालेको अध्यक्षलाई देशभित्र र देश बाहिर पनि समकालीन राजनीतिमा सबैभन्दा बलियो, साहसिक, इमानदार, विश्वासिलो र दूरदर्शी नेताको रूपमा स्थापित गर्दै लगेको छ । उता, प्रचण्डले भने अहिलेसम्मकै राजनीतिक वृत्तमा आफ्नो पहिचान धमिलो बनाउदै लगेका छन् । जनविश्वास गुमाउँदै गएका छ्न । उनको हराउँदै गरेको राजनीतिक र वैचारिक अनुभवले होला निरन्तर विचलनतिर उन्मुख छन् । देश र जनताभन्दा पनि आफ्नै छवि र शक्ति निर्माणकार्यमा आकर्षित हुन थालेका छन् । यसले उसलाई व्यक्तिवादी चरित्रमा रुपान्तरण गर्दै छ । महत्वाकाङ्क्षी भएर सत्तालाई पहिलो प्राथमिकतामा राखेर नातावाद कृपावादमा पसेर जनयुद्धकालीन मुद्धा बिर्सनु उनको पहिलो काम बन्दै गएको छ ।

वामपन्थी राजनीतिमा सहमतिको भिन्न भूमिका हुन्छ । यस्ता सहमतिले जनतामा आशाको सञ्चार गर्छ । गलत मनसाय राखेर गरिएका सहमतिले स्थायित्व ग्रहण गर्न शक्तैन । भिन्न-भिन्न सोच र विचारले गर्दा बन्दै गएको सहकार्य, समन्वय र सम्झौताको खासै महत्व रहँदैन । अहिलेसम्मको वामपन्थी राजनीतिलाई अध्ययन र विश्लेषण गर्दा प्रधानमन्त्रीजस्तो गरिमामय भूमिका र सर्वोच्च पदमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वामपन्थी राजनीतिक सहमति कार्यान्वयनमा कमजोर देखिँदै आएका छन् । यस कारण गरिएका सम्झौता र सहमति तोडिएपछि गलत नेतृत्वको भूमिकामा प्रश्न चिन्हहरू खडा हुन्छन् ।

वाम राजनीतिको भविष्यसँग पटक-पटक पद, सत्ता र लाभसँग सौदाबाजीगरि वर्गीय शत्रुहरुसँग लागेर एमालेसँग भए गरेका सम्झौता कार्यान्वयन नगर्नुले अब माओवादी र प्रचण्डको नियतको कारण उनीहरुको राजनीतिको निकट भविष्य अत्यन्तै चूनौतीपूणर् देखिन थालेको छ । सुदुर भविष्य अन्योलपूणर् हुँदै गएको छ । माओवादी केन्द्रको आन्तरिक कमजोरी भएर नै उसको स्खलन तीव्ररुपले हुँदैछ । अन्य ससाना कम्युनिस्ट पाटीहरु जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, माले, बहुमत पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका पसल रुपि पार्टीहरुको अस्तित्वरक्षा प्राय असम्भव हुँदै गएको छ । उनीहरुसँग सङ्गठन र जनमत छैन । भएको अलिअलि प्रभाव सकिने निश्चित छ ।

विश्व राजनीतिक रङ्गमञ्चलाई नियालेर अध्ययन गर्दा कुनै पनि समूहको मेलमिलाप विचार प्रणालीको मिश्रणले हुन आवश्यक मानिन्छ । यस्ता वैचारिक कुरासँग समग्र देशले राजनीतिक निकास पाउन कुनै पनि पार्टी र नेतृत्वको भूमिकाबारे गम्भीरता पूणर्रूपले बुझिरहेको हुन्छ । नेपाली जनताले पलपल सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत सम्पूणर् गतिविधिहरु थाहा पाइरहेका हुन्छन् । कसैलाई ढाट्न, छल्न र भ्रम छर्न यो डिजिटल युगमा सकिदैन । छलछाम, तिकडम, खुरापातपूणर् राजनीति अब टिक्नेवाला कदापि छैन । अहिले प्रचण्ड प्रबृत्ति यसरी नै हावी भैरहेको छ । प्रचण्ड नेतृत्व पार्टीभित्र पनि निरङ्कस, स्वार्थी र स्वयच्छाचारी बन्दै गएको छ ।

बिगत ३५ वर्षदेखि निरन्तर पाटीँ सत्तामा प्रचण्ड नै छन् । यसरी माओवादी आन्दोलन एकलौटी देखिएकाले नेता कार्यकर्तामा व्यापक निराशा उत्पन्न भएका छन् । कथित जनयुद्धकालीन आन्तरिक तथा बाह्य समस्या समाधानमा प्रचण्ड नेतृत्व लागेको छैन । प्रचण्ड र उसको पार्टीप्रति जनआक्रोश अत्यन्तै बढिरहेको छ । आक्रोश, पीडा र दुःखले कसैलाई पनि गन्तव्यमा पुर्‍याउन सक्तैन । वास्तविकता के हो भने अब प्रचण्ड र उसको माओवादी केन्द्रले नेपालको वामपन्थी आन्दोलनलाई बचाउन सक्तैन भन्ने कुरामा दुईमत छैन । यो पाटीको नेतृत्वरूपमा क्रान्तिकारी र सारमा सत्तामुखी छ । सत्तालाई पहिलो प्राथमिकतामा राखेको हुनाले आफ्नै वर्गीय शत्रुहरु र विदेशी प्रभुहरुसँगको गलत हिमचिम अति नै हुँदै गएको छ । वैचारिक, सैद्धान्तिक, नीति, कार्यक्रममा र व्यवहारमा आकाश पत्तालको फरक छ । यसले गर्दा प्रचण्ड गति सार्है कमजोर हुँदै गएको छ । यस्तो गति र उसको मतिले निश्चित गन्तव्य प्राप्त गर्न सक्ने छैन ।

नेपालको लोकप्रिय जनताको पाटीँ नेकपा एमालेलाई पनि आन्तरिक र बाह्य समस्याहरु त असरल्ल नै छन् तर, उसको अनुशासित सङ्गठन, स्पष्ट वैचारिक र सैद्धान्तिक धरातल भएकोले पनि जनप्रभाव भने घटेको छैन । २०५२ सालमा स्व. मनमोहनको नेतृत्वमा बनेको सरकारले ल्याएको समाजवादी कार्यक्रम र पटकपटक छोटो समय ओली नेतृत्वको सरकारले ल्याएका कार्यक्रमहरुको प्रभाव जनस्तरमा परेको छ । यसरी हेर्दा अहिलेको अवस्थामा कहीँ कतै राजनीतिक बाधाअवरोध रहे पनि भविष्यको नेपाली वाम राजनीति नेकपा एमालेमै केन्द्रित रहने पक्का छ । वर्तमान समयमा हामी देशको राजनीतिले एक असल नेतृत्वदायी व्यक्ति खोजेको बेला कमरेड प्रचण्ड अब यस दौडमा धेरै पछि परेका छन् भने जनताको मन तथा मस्तिकमा क. ओली र एमालेको भूमिका थप प्रभावकारी हुदै गएकोछ ।

नेपाली वाम राजनीतिको आकर्षण र आउने मुख्य भविष्य अब नेकपा एमाले नै रहेको पुष्टि भएको छ । देशीय र विदेशी शक्ति केन्द्रहरु एमालेको जनप्रभावलाइ देखेर आत्तिएर एक ठाउँमा उभिएर विरुद्धमा त लागेका छन् तर, एमालेको लोकप्रियता घटेको छैन । अहिले पनि समानुपातिक मत ४४ जिल्ला र ४ प्रदेशमा पहिलो आएको छ । २०७९ सालको निर्वाचनमा माओवादी, काँगेस लगायतका ५ दल एमाले विरुद्ध गठबन्धन गरेर लागेका थिए । नेपाली राजनीतिक आकाशमा हुन सक्ने आकस्मिक परिवर्तनलाई पक्रन सक्ने बैचारिक र साङ्गठनिक शक्तिशाली तयारी अब केपी ओलीकै नेतृत्वमा मात्र सम्भव छ । नेपाली वामपन्थी राजनीतिको खास र युगान्तकारी नेतृत्व एमालेले नै गर्ने निश्चित छ ।

नेपाली राजनीतिमा अहिले जम्मा ३२ सिट भएको तेस्रो शक्ति माओवादी केन्द्र प्रचण्ड नेतृत्व को पार्टीले सत्ता प्राप्त गर्न र आफूलाई अस्तित्वमा राखिरहने दाउले नेपाली राजनीतिक वृतमा बेस्सियाबृती प्रवृत्ति देखिएको छ । कोही कसैले उसलाई विश्वासमा राख्न सकिरहेका छैनन् । माओवादीलाई प्रयोग गर्ने र उस बचेको झिनो प्रभाव पनि सकाइ दिने रणनीतिमा अरु दलहरू लागेका छन् तर, प्रचण्ड यो कुरा बुझ्दैनन जसरी पनि सत्तामा जाने उसको उद्देश्य छ । यही उद्देश्यले उ र उसको पाटीँ गन्तव्यहीन बाटोमा छ । प्रचण्ड यस्तो व्यक्तिमा रुपान्तरण हुँदै छन् कि जोसँग सिद्धान्तहीनता पलाउदै छ, राजनीति नैतिकता हराउदै छ, चरित्रहीनता मौलाउँदै छ, राजनीतिक अस्थिरता हावी हुँदै छ साथै उ दृस्ठिकोण विहीन भएको मान्न सकिन्छ ।

माथि उल्लेखित घटनाक्रमलाई विश्लेषण गर्दा आज नेपालको वाम राजनीतिमा प्रमुख नेतृत्व को हुन सक्छ र कसले वामपन्थी आन्दोलन बचाएर लानसक्छ भन्ने बहस तीव्ररूपमा हुँदै आएको छ । नेपाली कम्युनिस्ट पार्टीहरुको वैचारिक भिन्नताले पुनः देशको नेतृत्व र वैचारिक, सैद्धान्तिक राजनीतिको असल राजनीतिक मुल पात्र को हुन् भन्ने चासो लिएर जनता हेरिरहेका छन् । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकताको रक्षा, जनजीविका कुरा, देश विकास र समृद्धिको स्पष्ट मार्गचित्रलाई नियाल्दा र राजनीतिक परिवर्तनमा गरेको शान्तिपूणर् लगानी, राष्ट्रिय हितको पक्षमा देखिएको अडान, जवाफदेहिता र सुशासनको प्रत्याभूतिलाई सूचकको रूपमा गहिरिएर हेर्ने हो भने समकालीन देशको राजनीतिक नेतृत्वमध्ये कमरेड के.पी शर्मा ओलीको पहिचान र स्तर क्रमिक रूपमा माथिल्लोस्तरमा जादै छ । अरु पार्टी र नेतृत्वभन्दा गुणात्मक रूपमा देश र जनताप्रति समर्पित देखिन्छ भने कमरेड प्रचण्डको छवि प्रगतिशील क्रान्तिकारीताबाट अवसरवादीको रूपमा छलाङ मार्दै गएको देखिनुले अबको वामपन्थी आन्दोलन एमालेले बचाउन सक्छ । नेकपा एमालेको नेतृत्वले मात्र प्रगतिशील सरकारको परिकल्पना गर्न सक्छ ।

समाजवाद उन्मुख नीति तथा कार्यक्रम ल्याउन सक्छ । देशको भविष्य निर्माण गर्न सक्ने योजना एमालेमै देखिन्छ । वाम चिन्तन र विचारप्रतिको उसको निष्ठा टुटेको छैन । झनै उकालो लाग्दो छ । भए गरेका कमजोरीलाई हटाउदै अगाडि बढ्नुपर्ने हुन्छ । अब एमालेले वामपन्थीहरुको मुल केन्द्र हो । एमालेको प्रभावलाई कसैले रोक्न, छेक्न सक्दैनन् । लेखक ढकाल नेकपा एमाले जिल्ला सचिवालय सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया