खोटाङमा सम्झौता म्याद सकिदा पनि ठेकेदारले काम नगर्दा दुई गाउँपालिकामा विधुतीकरणको काम अनिश्चित बनेको छ । ठेक्का जिम्मा लिएको अजिमा÷मरिन÷चन्द्र कुमारी थापा जेभि काठमाण्डौले म्याद सक्दा पनि काम नगर्दा खोटेहाङ गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा विधुतीकरणको काम अनिश्चित बनेको हो ।
ठेकेदारले म्याद गुजारेर पनि काम नगर्दा खोटेहाङको लिकुवापोखरी र वाप्लुखा तथा दिप्रुङको स–छितापोखरी र छितापोखरीमा विधुतीकरणको काम अनिश्चित बनेको छ । विधुत प्राधिकरणको केन्द्रीय कार्यालयसँग २०७८ फागुन १६ गते सम्झौता गरेको जेभिको काम गर्ने म्याद २०७९ असार २० गते नै सकिसकेको छ ।
ग्रामिण विधुतीकरण कार्यक्रमको स्वीकृत १ करोड १० लाख वजेटबाट सम्पूर्ण विधुतीय सामाग्री प्राधिकरणले उपलब्ध गराउने र जेभिले पोल गाड्ने, तार तान्ने, ट्रान्सफर्मर राख्ने तथा एलटी(शाखा)लाइन विस्तार गर्नेगरी भ्याटसहित ८ लाख ५१ हजार ११६ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
तर, ठेकेदारले प्राधिकरणबाट १ लाख ३२ हजार २१ रुपैयाँको ०.०३ को कन्डक्टर ३ किलोमिटर, १ लाख ३६ हजार ८५७ रुपैयाँको ०.०५ को कन्डक्टर २ किलोमिटर, ८ लाख १४ हजार २२० रुपैयाँको ८ मिटरको ४१ वटा स्टील पोल, १७ लाख ५८ हजार ३५९ रुपैयाँको ११ मिटरको स्टील पोल ५१ वटा र ४१ हजार ८५८ रुपैयाँको स्टे तार, इन्सुलेटर सेट, स्याकल इन्सुलेटर सेट ९ वटा साइडमा झारेर अलपत्र पारेका छन् ।
एविसी केवल, डिस्क, पिन, तार, च्यानल, हार्डवयर जस्ता सामान स्टोरमा पर्याप्त रहेको र सामान बुझ्ने, ढुवानी गर्ने तथा कार्य सम्पन्न गर्न ठेकेदारले कुनै चासो नलिएको र सम्पर्कमा नरहेको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ईन्जिनियर विजयराज रेग्मीले बताउनुभयो ।
रेग्मीका अनुसार पहिलो पटक तह ७ को तहगत अधिकार बमोजिम १८ दिन म्याद थप भए पनि ठेकेदारले कुनै म्याद थपको लागि समयमा निवेदन पेश नगरेकोे, निर्माण कार्य गर्न गत भदौ ७ गते ठेकेदारलाई ताकेता गरेको, मंसिर १८ गते सम्झौता उल्लंघनका सम्बन्धमा स्पष्टीकरण माग गरेको, मंसिर २५ गते स्पष्टीकरण दर्तागरी माघ ३० गतेसम्म सबै काम सक्ने मञ्जुर गरेको ठेकेदारले अन्ततः कामै नगरेपछि फागुन ८ गते सम्झौता रद्द गरी जमानत जफत गर्ने प्रक्रिया अघि बढाईएको छ ।
ठेक्का लिएको अजिमा÷मरिन÷चन्द्र कुमारी थापा जेभि सितापाइला काठमाण्डौका ठेकेदार दिनेश थापाले भने समयमै प्राधिकरणले सामाग्री उपलब्ध नगराएको भन्दै गैर जिम्मेवार कुरा गरेका छन् । ताकि प्राधिकरणबाट साइडमा लगेको सामाग्री उनैले अलपत्र पारेर छोडेका छन् । प्राधिकरणबाट ल्याएको सामानको पनि सहि ठाउँमा सदुपयोग नगरी अलपत्र पारेको स्थानीयहरुले बताएका छन् ।
ठेकेदारले लाइन विस्तार गरेपछि बत्ती बाल्न भन्दै खोटेहाङ गाउँपालिकाको लिकुवापोखरी र वाप्लुखाका सेवाग्राहीका लागि प्राधिकरणको ज्यालादारी कर्मचारीमार्फत लगिएको ३० वटा मिटरबक्स पनि ठेकेदारले काम अलपत्र पार्दा त्यतिकै थन्किएर बसेको छ । मिटरबक्सका लागि स्थानीयले ज्यालादारी कर्मचारीलाई ४ हजारदेखि ६ हजारसम्म पैसा दिनुपरेको गुनासो गरेका छन् ।
यसैविच, ग्रामिण विधुतीकरण कार्यक्रम अन्तर्गत नै बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा पनि विधुतीकरणको काम भईरहेको छ । त्यस दुई गाउँपालिकामा पनि ठेकेदारले काममा आलटाल गरिरहेको स्थानीयहरुले गुनासो गरेका छन् । यद्यपी, प्राधिरकणले भने सन्तोषजनक रुपमै काम भईरहेको दाबी गरेको छ ।
म्याद सकियो, ठेकेदारले गरेन काम, दुई गाउँपालिकामा विधुतीकरण अनिश्चित
Halesi Khabar

तपाईको प्रतिक्रिया
- १. जनप्रतिनिधिका लागि ‘आयोजना पहिचान तथा योजना तर्जुमा’ सम्बन्धी अभिमुखीकरण
- २. डढेलोले दुर्छिममा चार घर तथा दुई मटान जल्यो, डढेलो अझै नियन्त्रण बाहिर
- ३. नयाँ वर्ष–२०८२ को अवसरमा ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को शुभारम्भ गर्ने तयारी
- ४. आँखा शल्यक्रिया शिविर : बाक्सिलाका ३९२ जनाले पाए आफ्नै गाउँमा निःशुल्क उपचार
- ५. माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका तीन हजार २२६ विद्यार्थी सहभागी हुँदै
- ६. गाउँ पसेको डढेलोले घर, विद्यालय र खानेपानीको पाइप जल्दा रु ७७ लाख बढीको क्षति