फागुन १३ खोटाङ,
खोटाङ उधोग वाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार–२०७९’बाट पत्रकार चिसाङ शेर्पा पुरस्कृत भएका छन् ।
शनिबार संघको २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन र सचिवालय भवन उद्घाटनका क्रममा पत्रकार शेर्पा पुरस्कृत भएका हुन् ।
पत्रकार शेर्पालाई नगद ५ हजार र सम्मान पत्र प्रदान गरेर पुरस्कृत गरिएको खोटाङ उधोग वाणिज्य संघका महासचिव मनोज कुमार वजिमयले जानकारी दिए ।
शेर्पाले खोटाङको व्यवसाय क्षेत्रलाई समेटेर समाचार सम्प्रेषण गरी चलाउनु भएको कलमको उच्च कदर गर्दै पुरस्कार प्रदान गरिएको खोटाङ उधोग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राईले बताउनुभयो ।
पत्रकार शेर्पालाई प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र संघका अध्यक्ष राईले पुरस्कार प्रदान गर्नुभएको थियो ।
शेर्पा जिल्लाबाट सञ्चालन भईरहेको समायोजन खबर डटकमका सञ्चालक तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका सह–सचिव हुन् । उनी हिमालय टाइम्स, अन्नपूर्ण मिडिया नेटवर्क र सुर्योदय टेलिभिजनमा आवद्ध छन् ।
पत्रकार शेर्पा आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. ठेकेदारले सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
- २. साकेलामा लेखापाल नहुँदा कारोबार प्रभावित
- ३. खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने
- ४. बुइपामा प्रथम किराती राजा यलम्बरहाङको ११० फिट अग्लो प्रतिमा उद्घाटन विवादमा
- ५. सशस्त्र प्रहरी बल हलेसी गुल्मको १६औँ स्थापना दिवसमा विभिन्न व्यक्तित्व सम्मानित
- ६. ‘छैटौँ सोल्मा अन्तर वडा कप २०८३’ पुरुष फूटबल प्रतियोगिताको उपाधि बाहुनिडाँडालाई


