खोटाङ, नेकपा एमालेका केन्द्रीय सदस्य रमेशकुमार पौडेलले ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउने वातावरण तय गर्नका लागि जिल्ला प्रशासन कार्यालय खोटाङलाई आग्रह गरेका छन् । बहुचर्चित दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको निजी जग्गा अधिग्रहणको प्रकृया अघि बढिसकेको अवस्थामा केन्द्रीय सदस्य पौडेलले प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईलाई सोमबार ज्ञापन–पत्र बुझाउँदै जग्गाधनीलाई चाँडोभन्दा चाँडो यथोचित मुआव्जा दिएर जलबिद्युत आयोजना निर्माणको काम अघि बढाउनकालागि पहल र समन्वय गर्न आग्रह गरेका हुन् । जिल्लामा सम्झौता अनुसारको काम गर्न÷गराउनका लागि अगुवाई र पहल गर्ने दायित्व प्रमुख जिल्ला अधिकारीको पनि भएकाले उल्लेख गर्दै पौडेलले दुधकोसी जलाशययुक्त आयोजनाको काममा भएको ढिलासुस्ती अन्त्या गर्न ध्यानाकर्षण गराएका हुन् ।
पौडेलले हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनामा भइरहेको चरम ढिलासुस्ती अन्त्या गर्दै तत्काल काम सम्पन्न गर्न, पालिका, सदरमुकाम र जिल्लाका प्रमुख सडकहरुको स्तरोन्तती र कालोपत्रेको काम तत्काल गर्न समन्वय गर्न, सम्झौता गरी ढिलासुस्ती र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् । यस्तै, मध्यपहाडी लोकमार्ग अन्तरगत जयरामघाट–हलेसी सडक खण्डको कामको जिम्मा लिइ काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याएर सडक मर्मत तथा स्तरोन्नतीको लागि तत्काल पहल गर्न, सुनकोसी नदीको धाप्लाङघाट पुल निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्याकालागि पहल गर्न, काममा ढिलाइ गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउन ध्यानाकर्षण गराएका छन् ।
पौडेलले महुरे–फोक्सिङटार सडक कालोपत्रेको कार्यलाई तिव्रता दिन आवश्यक पहल गर्न, मध्यपहाडीकै चखेवा–दिक्तेल सडक खण्डको बाँझेदेखि चखेवासम्मको सडक निर्माणका लागि आवश्यक पहल गर्न, जिल्लाको दक्षिणी क्षेत्रका पालिकामा विद्युतीकरणका लागि सम्वन्धित निकायमा पहल गर्न, जिल्ला अस्पतालको सेवालाई प्रभावकारी बनाउँदै पालिका स्तरिय अस्पतालको भौतिक निर्माण र जनशक्ती व्यवस्थापनमा पहल गर्न आग्रह गरेका छन् । यस्तै, दक्ष जनशक्ती र आवश्यक भौतिक संरचनाहरु निर्माण गरी महुरेगढी प्राविधिक शिक्षालयलाई प्रदेशकै प्राविधिक शिक्षाको केन्द्र निर्माण गर्नेगरी आवश्यक पहल र अगुवाई गर्न, आवश्यकता पहिचान गरी भौतिक संरचना र गुणस्तर सुधार गर्दै शैक्षिक उन्नयनका लागि पहल गर्न ध्यानाकृष्ट गराइएको केन्द्रीय सदस्य पौडेलले बताए ।
विकासकाे काममा ढिलासुस्ती भएकाे भन्दै एमाले केन्द्रीय सदस्य पाैडेलले सिडिओलाई बुझाए ११ बुदे ज्ञापनपत्र
Halesi Khabar
0
Shares

तपाईको प्रतिक्रिया
- १. Finest Totally free Revolves Gambling enterprises
- २. Zotabet Gambling enterprise On the internet 【 5 Lb Deposit Gambling enterprise British Over Comment And you may A lot more 2023】
- ३. 200percent No-deposit Casino Bonus Rules and Totally free Spins
- ४. Genting Gambling enterprise Opinion
- ५. Butlers Bingo
- ६. Put 10 Have fun with Slots