डिनको जिल्ला अध्यक्षमा ईश्वर बस्नेत चयन

Halesi Khabar
0 Shares

खोटाङ- डिप्लोमा इन्जिनियरिङ एसोसियसन(डिन) जिल्ला कार्य समितिको अध्यक्षमा ईश्वर खुलाल बस्नेत चयन भएका छन्।

डिनको १४ औं जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत गठन गरेको हो।

बुधबार दिक्तेलस्थित होटल ईन्द्रेणीमा भएको अधिबेशनले डिनको उपाध्यक्षमा अग्निराज राई, सचिवमा गणेश राई, सह–सचिवमा गायस राई र कोषाध्यक्षमा सरगम राईलाई चयन गरेको छ।

समितिको सदस्यहरुमा सन्तोष राउत, दीपेन्द्र राई, पशुपति पुन, रोजनबाबु बस्नेत र शिसन राई छन्।

डिनका केन्द्रीय सल्लाहाकार बर्मलाल राजभण्डारी र बिष्णु बहादुर केसीको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो।

यसअघि डिनको अध्यक्षमा कणक राई थिए। डिनको तीन वर्षे कार्यकाल हुनेछ।

तपाईको प्रतिक्रिया