खाेटाङ ४ मंसीर । एमाले खाेटाङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराईले मतदान गर्नु भएकाे छ । उहाँले खाेटाङबजार स्थित भगवती दिननाथ मावि केन्द्रबाट प्रतिनिधिसभाका लागि आफू , प्रदेश सभाका लागि रामप्रसाद दंगाल र समानुपातिकमा आफ्नो पार्टीलाइ खोटाङबजार केन्द्रबाट पहिलो मतदान मतदान गर्नु भएकाे हाे ।
खाेटाङमा प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेकाे छ ।
मतदान पश्चात् उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत मतदातालाई धन्यबाद दिदै भन्नूभयाे, हामीलाइ मायाका साथै आशिर्वाद दिनुभएको छ । तसर्थ हामी जनताको मतले सफल हुनेछौं ।
मतदात पछि भट्टराईले निर्धक्कसँग मतदानमा सहभागी हुन समेत आग्रह गर्नुभयो।
प्रतिनिधि सभाको १ क्षेत्र तथा प्रदेश सभाका दुई क्षेत्र रहेको खाेटाङका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ।
एमाले उम्मेदवार भट्टराईले गर्नु भयाे मतदान
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- २. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ३. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ४. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ५. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
- ६. साहित्यकार विभरा किरातीको कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा


