खाेटाङ, एमाले खोटाङले ऐसेलुखर्कबाट चुनाबी अभियान सुरू गरेको छ । आज शनिबार ऐसेलुखर्क बजारमा गाउँपालिका स्तरीय बृहत चुनावीसभा गर्दै अभियान सुरू गरेको हो ।
आशन्न मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा आफ्ना उम्मेद्धारलाई विजयी गराउन एमालेले चुनावी अभियान सुरु गरेको एमाले जिल्ला कमिटी उपाध्यक्ष देवबीक्रम राईले बताउनु भयो ।
आज भएको चुनावीसभालाई सम्बोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्यका उम्मेद्धार विशाल भट्टराईले एमालेले बहुमत ल्याएमात्र देशमा स्थायी शान्ती र दिगो विकास हुने बताउनु भएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै उम्मेद्धार भट्टराईले हिजो मुलुकभर जति विकासका काम भएका छन्, ति एमालेको पालमा भएकाले थालेका जनताका अधुरा सपना पुरा गर्न पनि जनताले एमालेलाई बहुमत दिएर विजयी गराउनु पर्ने वताउनु भएको हो ।
गठबन्धनले देश बन्दैन त्यसकारण भिजन भएको पार्टी र क्षमता भएका उम्मेद्धारलाई जनताले भारीमत दिएर विजयी गराउने छन्, उम्मेद्धार भट्टराईले भन्नु भयो, खोटाङमा जति भएका विकासका काम छन् एमालेको पालामा भएका छन्, बाँकि अधुरा काम पुरा गर्न पनि वहुमत दिएर एमालेलाई विजयी गराउन जरुरतछ ।
कार्यक्रममा, प्रदेश (क) का उम्मेद्धार पाचकर्ण राई(पिके), एमाले केन्द्रीय सदस्य रमेश पौडेल, प्रदेश कमीटि सदस्य ईन्द्र दंगाल, जिल्ला उपाध्यक्ष देवबीक्रम राई, सचिव कुमार आचार्य, उप-सचिव सुरेन्द्र कुमार राई, सचिवालय सदस्य विणादेबी राई लगाएतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रमको आयोजना ऐसेलुखर्क गाउँकमिटीले गरेको थियो । एमाले खोटाङ यस अघि घरदौलो गरिसकेको छ । अब भने, विहान बेलुका घरदौलो र दिउसो चुनाबी आमसभा कार्यक्रम गर्ने कार्यतालिका रहेको उपाध्यक्ष राई जानकारी दिनुभयो ।
यस्ताे छ चुनाबि आमसभाकाे कार्यतालिका २० गते आईतबार रावाबेसी गाउँपालिका, २३ गते केपीलासगढी गाउँपालिका, २४ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका, २५ गते वुईपा बजार, २६ गते शाकेला गाउँपालिका, २७ गते दिक्तेलबजार हेलीप्याड, २८ गते चिसापानी बजार, २९ गते हलेसी बजार, ३० गते ईन्द्रेणीपोखरी र १ गते बराहपोखरी गाउँपालिकामा आमसभा गर्ने कार्यतालिका रहेको एमाले खोटाङका सचिव कुमार आचार्यले बताउनु भयो । खोटाङमा गठबन्धनसँग एमाले एक्लै चुनाव भिड्दैछ ।
एमाले खोटाङको चुनावी अभियान सुरु, यस्तो छ कार्यतालिका
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह
- २. खोटेहाङ गाउँपालिका अध्यक्ष कप–२०८३ : महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेलाई उपाधि
- ३. ठेकेदारले सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
- ४. साकेलामा लेखापाल नहुँदा कारोबार प्रभावित
- ५. खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने
- ६. बुइपामा प्रथम किराती राजा यलम्बरहाङको ११० फिट अग्लो प्रतिमा उद्घाटन विवादमा


