मतदाताको मन जित्दै एमाले उम्मेदवार भट्टराई , जनता भन्छन् सांसद बनायाैं मन्त्री बनाउन विशाललाई हाम्राे भाेट

Halesi Khabar
0 Shares

खोटाङ, ६ कात्तिक । नेकपा (एमाले) खोटाङबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका विशाल भट्टराई यतिबेला मतदाताको मन जित्दै आर्शिवाद लिईरहनु भएको छ । सदरमुकाम दिक्तेलबजारबाट चुनावी अभियान शुरु गर्नुभएका भट्टराईले दश वटा स्थानीय तह र ७९ वटा वडामा पुगेर मतदाताको मन जित्दै जितको आर्शिवाद लिइरहनु भएको हो ।

आसन्न मङ्सिर-४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको एजेन्डासहित मतदातालाई टोल-टोलमा भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन व्यस्त भएको उम्मेदवार भट्टराईले हलेसी खबरलाई जानकारी दिनुभयो । उहाँले भन्नु भयो, “अहिले हामी जनताको घरघरमा पहिलो चरण पुगि सकेका छौं। यो अबधिमा एमालेले गरेका काम अबका योजना जनतालाई प्रष्ट बनाउँदै मन जित्न सफल भएका छौं, हामी चुनाव जित्नेमा ढुक्क छौं ।”

अनवरतरूपमा जिल्लामा क्रियाशिल रहनुभएका एमाले उम्मेदवार भट्टराई निष्ठावान इमान्दार र स्वच्छछवी भएका राजनीतिकर्मीकारूपमा चिन्न सकिन्छ । भट्टराई नेकपा (एमाले) संसदीय दलका निवर्तमान प्रमुख सचेतक समेत हुनुहुन्छ । उहाँ पुर्वी पहाडी जिल्ला खोटाङको लोपप्रीय नेताका रुपमा स्थापित हुनुहुन्छ । भट्टराई जत्तिको नेता जिल्लाको पाउन मुस्किल रहेको मतदाता बताउछन् । उनिहरु भन्छन्, “राजनीति क्षेत्रमा अहोरात्र खटेर जनताको मन जित्न सफल भट्टराई जत्तिको उच्चाइ उठेको नेता जिल्लामा छैनन् त्यसैले हामिले विशाल भट्टराईलाई रोज्नुपर्छ ।’’ भट्टराई खोटाङ मात्र हैन देशको आईडल हो त्यसकारण उहाँलाई भारी मतले विजयी गराउन जिल्लाबासी लाग्नु पर्ने नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला नेता राजेन्द्र राईले बताउनुभयो ।

हलेसी खबरसँग कुरा गर्दै राईले भन्नुभयो, “उहाँ एमालेको प्रमुख सचेतक भएर देशको नेता हुनु भयो, अब मन्त्री भएर जिल्लाको मुहार फेर्नको लागि पनि भट्टराईको जित अनिवार्य छ यसका लागि हामिसबै लागि परौं। म नेकपा एस जान्दीन राम्रो उम्मेद्धार खोज्ने हो । त्यस कारण मैले भट्टराईलाई रोजे र भोट मागिरहेको छु मलाई विस्वास छ। उहाँले भारिमतको अन्तरले निर्वाचन जित्नु हुन्छ । राईले भन्नुभयो ।

जिल्लामा (एमाले) मजबुत रहेको देख्न सकिन्छ । भट्टराईलाई दशवटै स्थानीय तहका मतदाले उत्साहजनकरूपमा सहयोग गर्ने आश्वासन दिएका छन् । एक पटक राष्ट्रिय राजनीतिबाट मन्त्री बनाउनका लागि पनि भट्टराईलाई मतदान गर्ने र उहाँ मन्त्री भए पस्चात जिल्लाले मुहार फेर्ने प्रति मतदाता विश्वस्त छन् ।
विगत ३० वर्षदेखि निष्ठाको राजनीतिमा सक्रिय भट्टराईले एमाले खोटाङको दुई कार्यकाल अध्यक्ष भएर पार्टीको जिम्मेवारी सम्हालि सक्नु भएको छ । वि.सं. २०७० सालको संविधान सभाका सदस्य, वि.सं. २०७४ मा प्रतिनिधिसभा सदस्य रहनुभएका भट्टराई हाल नेकपा एमाले पोलिटब्यूरो सदस्य एवम् खोटाङ जिल्ला इन्चार्ज हुनुहुन्छ । एमालेबिरुद्ध देशब्यापिरूपमा ठगबन्धन छ तर, एमाले खोटाङ आफ्नो बिरासत कायम गर्ने दाउमा लागी परेको छ । तिहार अघि एमालेले एक सरो घरदैलो कार्यक्रम सक्ने गरि अगाडी बढेको छ ।

मङ्सिर-४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि एमालेबाट भट्टराई प्रदेशसभा (क) मा पाचँकर्ण राई (पिके) र प्रदेशसभा (ख) मा रामप्रसाद दंगालले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, प्रतनिधिसभा समानुपातिकमा दलितबाट चर्चबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एमाले खोटाङ अहिले प्रतनिधिसभा र दुई वटै प्रदेशसभा निर्वाचन जित्ने गरी लागि परेको निर्वाचन परिचालन कमिटी संयोजक एवम् जिल्ला उपाध्यक्ष देबविक्रम राईले बताउनुभयो । उहाँले भन्नुभयो, “तिहार अघि पहिलो चरणको घरदैलो गरिसकेका छौं। अब तिहारपछी नयाँ ढङ्गले मतदादातकोमा जाने तयारी गर्ने छौं। जिल्लामा वि.सं. २०५६ र वि.सं.२०६४ बाहेक सबै निर्वाचन एमालेले जित्दै आएको छ । यो बिरासत कायम गराउन कुनै कसरत बाकीँ नराख्ने उपाध्यक्षले राईले बताउनुभयो ।                                                               

तपाईको प्रतिक्रिया