फेक समाचारको कारखानै खुल्न सक्छ, सतर्क होऔं ः अध्यक्ष बस्नेत

Halesi Khabar
0 Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले झुट समाचारको खेती चल्न सक्ने भन्दै त्यसतर्फ सजग र सतर्क रहन सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ ।
चुनावका बेला झन् फेक समाचारको कारखानै खुल्न सक्छ । झुटको खेती गर्दै समाचार बनाइन सक्छन् । सञ्चारकर्मी र सञ्चारमाध्यम सचेत हुनुपर्छ, नयाँ अनलाइन माध्यमका लागि शुक्रबार काउन्सिलमा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले भन्नुभयो ।
उहाँले कुनै उम्मेद्वार वा दलप्रति नियोजित प्रहार गर्ने, भ्रामक र तथ्यहीन समाचार बनाउने, बनाउन लगाउने जस्ता काम कोहीबाट पनि हुन नहुने, त्यसले सिंगो पत्रकारिता जगतको विश्वसनीयतामाथि आँच आउने बताउनुभयो ।
चुनावलाई स्वच्छ र निर्वाध ढंगले सम्पन्न गर्न मिडियाको ठूलो भूमिका हुन्छ । मिडियाले नै चुनाव सफल बनाउन अत्यन्तै प्रभावकारी भूमिका खेल्दै आइरहेको छ, सञ्चारकर्मीमाझ अध्यक्ष बस्नेतले भन्नुभयो, चुनावका बेला मिथ्या सूचना, भ्रमपूर्ण समाचार र कसैप्रति द्धेशपूर्ण अभिव्यक्तिलाई सञ्चारमाध्यममा कुनै हालतमा स्थान दिनुहुँदैन । त्यसबारे प्रेस काउन्सिलले नियमित अनुगमन गरिरहेको छ ।
बस्नेतले निर्वाचनमा सञ्चार माध्यमलाई दुरुपयोग हुन बाट जोगाउनुपर्ने र त्यसका लागि संयमित भएर सत्य, तथ्य, सन्तुलित समाचार सम्प्रेषण गर्न सुझाव दिनुभयो ।
अभिमुखिकरणको १५ औँ श्रृङ्खलामा काउन्सिलका सदस्य दीपक पाण्डे र सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले सहभागीलाई पत्रकार आचारसंहिता तथा विभिन्न सञ्चार निर्देशिकाबारे विषय विज्ञका रुपमा अभिमुखिकरण गराउनुभएको थियो । सूचना तथा प्रशारण विभागका निर्देशक एवं प्रवक्ता भरत गौतमले
पत्रकार आचारसंहिताको पालनामा ध्यान दिनुपर्ने, जिम्मेवार पत्रकारिताका लागि पत्रकार आफै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले काउन्सिलले सुरूवात गरेको आचारसंहिता अभिमुखीकरण कार्यकमलाई निरन्तरता दिनुपर्ने सुझाव समेत
प्रेस काउन्सिल नेपालका सदस्य, दीपक पाण्डेले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरूबारे जानकारी
दिनुभयो । काउन्सिलले जारी गरेका महिला उत्तरदायी सञ्चार निर्देशिका, अपाङ्गतामैत्री सञ्चार निर्देशिका, बालमैत्री सञ्चार निर्देशिका तथा ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाका विभिन्न प्रावधान र नेपाली मिडियामा भइरहेका प्रयोगबारे उहाँले विश्लेषण गर्नुभएको थियो ।
कार्यक्रममा भौतिक र भर्चुअल माध्यमबाट ३० वटा अनलाइनका सञ्चालक र सम्पादकको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया