काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता विपरित कार्टुन प्रकासित गरेको भन्दै नागरिक दैनिकसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
नागरिक दैनिकमा विहीवार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै होच्याउने र तथ्यहीन सामाग्री मार्फत व्यंग्यसहितको कार्टुन प्रकासित भएको थियो ।
काउन्सिलले काटेको पत्रमा तथ्यहीन सामाग्री राखेर होच्याउने, दूर्भावना राख्ने जस्ता काम गर्नुको कारण सोधिएको छ ।
पत्रमा कुनै राजनीतिक दल तथा उम्मेदवारलाई लक्षित गरी आचारसंहिता प्रतिकुल कार्टुन के कसरी सम्प्रेषण भएको हो ? यस्ता सामाग्रीले कुनै दल विशेषको नेतालाई चुनावका बेला होच्याउने वा दूर्भावना राख्ने काम गर्छ कि गर्दैन ? २४ घण्टाभित्र जवाफ पेस गर्न भनिएको छ ।
पत्र बिहीवारै पठाइएको काउन्सिल स्रोतले जानकारी दियो ।
नागरिक दैनिकलाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. किराती राजा यलम्बरको ११० फिट अग्लो शालिक : साकेला उँभौलीमा उद्घाटन गरिने
- २. खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
- ३. छैटौँ सोल्मा अन्तर वडा कप–२०८३ : सोल्मा र बाँझेच्यानडाँडाको विजयी यात्रा सुरु
- ४. छोरम्बुमा जुनेश बस्नेत स्मृती खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिता हुने
- ५. रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि
- ६. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी


