असोज २० खोटाङ,
खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मंसिर ३ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन सञ्चालनार्थ बिहीबार जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
जिल्ला अदालतका न्यायाधिश सुवासबाबु पुरीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
१५ असोजदेखि २० असोजसम्म प्रत्येक निर्वाचन क्षेत्रमा एकवटा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्वाचन आयोगको कार्यक्रम तालिका अनुसार यहाँ पनि कार्यालय स्थापना गरिएको हो ।
खोटाङमा करीव १ लाख ४३ हजार मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेश गौतमले जानकारी दिए ।
खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. कोशीमा प्याराग्लाइडिङ प्रवद्र्धनका लागि नयाँ नेतृत्व चयन
- २. यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह
- ३. खोटेहाङ गाउँपालिका अध्यक्ष कप–२०८३ : महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेलाई उपाधि
- ४. ठेकेदारले सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
- ५. साकेलामा लेखापाल नहुँदा कारोबार प्रभावित
- ६. खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने


