पत्रकार महासङ्घका अध्यक्ष खत्रीलाई सोसल जर्नालिष्ट अफ द इयर अवार्ड

Halesi Khabar
0 Shares

खोटाङ, १५ असोज । नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष पत्रकार दिलीप खत्रीले सोसल जर्नालिष्ट अफ द इयर अवार्ड प्राप्त गर्नुभएको छ । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२’ अन्तरगत महासङ्घका अध्यक्ष खत्रीले सोसल जर्नालिष्ट अफ द इयरको अवार्ड प्राप्त गर्नुभएको हो ।

सिजन मिडियाले आफ्नो १४ औँ स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर दुबईमा कार्यक्रम गर्दै ३४ जनालाई ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२’ वितरण गरेको छ । त्यसमध्ये पत्रकार खत्रीले सोसल जर्नालिष्ट अफ द इयर अवार्ड प्राप्त गर्नुभएको हो ।

करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय खत्री खोटाङखबर साप्ताहिक र रोदिकखबर डटकमको प्रकाशक÷सम्पादक हुनुहुन्छ । खत्री प्रकाशक र सम्पादक रहेको खोटाङखबर साप्ताहिकले जिल्लामा निरन्तर प्रकाशन भएको र नेपाल सरकारको वर्गीकरणमा पर्ने पहिलो पत्रिकाको इतिहास रचेको छ ।

एसियन मुलका सामाजिक, राजनीतिक, साँस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तिको मेहनतलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताउनुभएको छ । सन् २०१९ मा कोभिड–१९ को महामारीका कारण प्रोफेसनल एचिभमेन्ट अवार्डको दोस्रो संस्करण नेपालमै आयोजना गरिए पनि तेस्रो संस्करण दुबईमा नै गरिएको हो ।

तपाईको प्रतिक्रिया