हलेसी खबरका सम्पादक आचार्यलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

Halesi Khabar
0 Shares

खोटाङ, १ असोज । हलेसी खबर सप्ताहिक पत्रिकाका सम्पादक पत्रकार हरिबोल आचार्यले प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार पाउने हुनुभएको छ । प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सवको अवसरमा आचार्यसहित १४ जना पत्रकारलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार गरिने भएको हो ।

करिब दुई दशकदेखि पत्रकारिता पेशामा आवद्ध आचार्य प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् १ नं. प्रदेशका सह–इन्चार्जसमेत हुनुहुन्छ । प्रेस काउन्सिल नेपालले शुक्रबार साँझ जारी गरेको सूचनामा आगामी असोज–६ गते वार्षिकोत्सवको अवसर पारेर आचार्यसहित १४ जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने उल्लेख छ ।

यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार हरिबहादुर थापालाई प्रदान गर्ने घोषणा गरिएको छ । प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार माधव बिद्रोही, प्रेस काउन्सिल आचार संहिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिक र पर्साको आवाज एफएमलाई प्रदान गरिने काउन्सिलले जनाएको छ ।

यस्तै, प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार सुरेन्द्र काफ्ले, दिलबहादुर छन्त्याल, नवराज छत्कुली र बालकृष्ण अधिकारी तथा प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार टेकराज थामीलाई प्रदान गरिने सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया