वीरगन्ज, ७ भदौ । पर्सा जिल्ला क्षेत्र न-३ का जसपा र नेपाली कांग्रेसका प्रभावशाली नेताहरू आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले पर्साद्वारा पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओलीले नव प्रवेशीहरुलाई खादा र टीका लगाएर स्वागत गर्नुभयो ।नेपाली कांग्रेस पर्साको पुर्व जिल्ला उपसभापति दिनानाथ साह तेली, पकाहामैनपुर गाउँपालिकाका निवर्तमान पालिका प्रमुख एवं जसपाका नेता विजय चौरसिया, विन्दवासिनी गाउँपालिकाका निवर्तमान प्रमुख एवं जसपाका नेता श्रीलाल साह कानु (मोदी), बिन्दबासिनी गाउँ पालिकाका निवर्तमान उप-प्रमुख एवं कांग्रेस नेत्री किरणदेवी गुप्ता, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि निलराज गिरी एवं विभिन्न पालिकाका पुर्व वडा अध्यक्षहरु लगायत नेकपा एमाले प्रवेश गर्नुभएको हो । यसैगरी नेपाल सुशासन पार्टीको तर्फबाट उपाध्यक्ष उम्मेद्वार अदायादेवी मेहता, पर्साको कालिकामाई गाउॅपालिका-४ परसुरामपुरका जसपा नेताहरू वकिल मियां, छोटेलाल चौरसिया, दिनेश चौरसिया, असलम आलम, रामबालक चौरसियालगायतका नेताहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका सचिव तथा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह, केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रिय सदस्य एवं पर्साका सह-इन्चार्ज राजकुमार गुप्ता, प्रदेश सभा सदस्य एवं नेकपा एमालेमा हालै प्रवेश गर्नु भएका प्रह्लाद गिरीलगायत नेताहरूको उपस्थिति रहेको थियो ।
एमाले प्रवेश गरे जसपा र कांग्रेसका प्रभावशाली नेता (सूचिसहित)
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. कोशीमा प्याराग्लाइडिङ प्रवद्र्धनका लागि नयाँ नेतृत्व चयन
- २. यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह
- ३. खोटेहाङ गाउँपालिका अध्यक्ष कप–२०८३ : महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेलाई उपाधि
- ४. ठेकेदारले सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
- ५. साकेलामा लेखापाल नहुँदा कारोबार प्रभावित
- ६. खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने


