काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान परमादेशी गठबन्धन सरकारले देशहित विपरीतको नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको वताउनुभएको छ ।
नेकपा (एमाले) द्वारा चर्को महंगी, भ्रष्टाचार र सरकारका राष्ट्रघाती कामको विरोधमा सोमबार राजधानीमा आयोजना गरेको वृहत् जनप्रदर्शनको समापनमा सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त कुरा बताउनुभएको हो ।
महासचिव पोखरेलले नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशको हित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको वताउनुभयो ।
अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्था हुनुपर्ने एमालेको धारणा रहेको महासचिव पोखरेलले स्पष्ट गर्नुभयो ।नेकपा (एमाले) को सरकारका पालामा मुलुकको आर्थिक अवस्था सुदृढ रहेको, विकास र समृद्धिको यात्रा अगाडि बढेको चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो–परमादेशी गठबन्धन सरकार गठन भएयता मुलुकको अर्थतन्त्र ओरालो यात्रामा रहेको छ । सबै आर्थिक सूचक नकारात्मक रहेका छन् । मुद्रास्फिति ८.५ प्रतिशतमा पुगेको छ । व्यापार घाटा बढ्दो छ । यही सरकार कायम रहे मुलुक एकदिन श्रीलंकाको अवस्थामा पुग्ने छ ।
महासचिव पोखरेलले देशको रक्षा गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको र त्यसका लागि पार्टी सक्षम रहेको वताउनुभयो ।
बर्तमान परमादेशी गठबन्धनले बहुमतका आधारमा संसदबाट देशहित विपरीतका काम गर्न थालेकाले संसद तत्काल विघटन गरी नयाँ निर्वाचनमा जानुपर्ने भनाई महासचिव पोखरेलले राख्नुभयो । जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनवटै जिल्ला कमिटी, बाग्मती प्रदेश संगठन कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र पार्टीका २२ जनसंगठन, सम्पर्क समन्वय कमिटी, पार्टीका केन्द्रीय निकाय तथा विभागका सदस्यहरूको सहभागिता रहेको थियो ।
जनप्रदर्शनमा महंगी नियन्त्रण गर्, खाद्यवस्तुमा भएको चर्को मूल्यवृद्धि नियन्त्रण गर्, भ्रष्टाचार नियन्त्रण गर्, नागरिकतामा विधेयक खारेज गर्, रासायनिक मलको व्यवस्था गर्, उपभोक्तालाई राहत देउ लगायतका नारा लगाइएको थियो ।
महंगी र भ्रष्टाचारको विरोधमा भव्य जनप्रदर्शन
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. किराती राजा यलम्बरको ११० फिट अग्लो शालिक : साकेला उँभौलीमा उद्घाटन गरिने
- २. खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
- ३. छैटौँ सोल्मा अन्तर वडा कप–२०८३ : सोल्मा र बाँझेच्यानडाँडाको विजयी यात्रा सुरु
- ४. छोरम्बुमा जुनेश बस्नेत स्मृती खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिता हुने
- ५. रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि
- ६. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी


