खाेटाङ, आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो । खोटाङ‚ सिन्धुपाल्चोक‚ काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।
खोटाङ केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. किराती राजा यलम्बरको ११० फिट अग्लो शालिक : साकेला उँभौलीमा उद्घाटन गरिने
- २. खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
- ३. छैटौँ सोल्मा अन्तर वडा कप–२०८३ : सोल्मा र बाँझेच्यानडाँडाको विजयी यात्रा सुरु
- ४. छोरम्बुमा जुनेश बस्नेत स्मृती खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिता हुने
- ५. रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि
- ६. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी


