खोटाङ, ३२ असार
खोटाङमा गठबन्धनले जितेको स्थानीय तहमा राजनैतिक पुर्वाग्रह राखेर उपभोक्ता समितिदेखि कर्मचारीमाथि विभेदपूर्ण व्यवहार सुरू गरेकाे भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायतका स्थानीय तहमा एमालेका समर्थक रहेको उपभोक्ता समिति तथा कर्मचारीलाई राजनैतिक पुर्वाग्रह साँधेर ‘टर्चर’ दिइएको भन्दै एमालेले विज्ञाप्तीमार्फत आपत्ति जनाएको हो ।
एमाले अध्यक्ष रामप्रसाद दंगाल र सचिव कुमार आचार्यले शुक्रबार जारी गरेको विज्ञाप्तीमा गठबन्धनबाट निर्वाचित स्थानीय सरकारले राजनैतिक आस्थाको आधारमा सम्पन्न भइसकेका योजनाहरुको भुक्तानी दिन आलटाल गर्ने, भुक्तानी रोक्ने, वाधा सिर्जना गर्ने, आफ्नो दल निर्वाचित भएको ठाउँमा र आफ्नो कार्यकर्ताले गरेको काम सम्पन्न नहुँदै नुगमन नै नगरी तथा लेनदेनका आधारमा भुक्तानी दिने गरिएको भन्दै बिरोध जनाइएको छ ।
एमालेले कर्मचारीलाई अदलवदल गर्ने, राजनीतिक आस्थाको आधारमा करारमा कार्यरत कर्मचारीलाई विभेद गर्ने, फरक आस्था भएकाहरुलाई अनावश्यक टर्चर दिने, फरक राजनीतिक आस्था भएका मान्छे÷संयन्त्रलाई निषेध गर्ने जस्ता गैर–राजनैतिक र पुर्वाग्रही ढंगको व्यवहारप्रति घोर भत्र्सना गरेको छ । “सबै नागरिकहरुको काम गर्न भनेर निर्वाचित भएको स्थानीय सरकारलाई तुरुन्त यस्ता किसिमका व्यवहार रोक्न र यो किसिमको प्रवृत्तिलाई सुधार्नका निम्ति एमाले कडाईका साथ खबरदारी गर्दछ,” विज्ञाप्तीमा भनिएको छ, “यो खबरदारीलाई हल्का रुपमा लिएर सुधार नगरेको खण्डमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौँ ।”
गठबन्धनले राजनैतिक पुर्वाग्रह राखेर काम गर्न थालेकाे भन्दै एमालेले जनायाे आपत्ति निकाल्याे यस्ताे विज्ञप्ति
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. किराती राजा यलम्बरको ११० फिट अग्लो शालिक : साकेला उँभौलीमा उद्घाटन गरिने
- २. खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
- ३. छैटौँ सोल्मा अन्तर वडा कप–२०८३ : सोल्मा र बाँझेच्यानडाँडाको विजयी यात्रा सुरु
- ४. छोरम्बुमा जुनेश बस्नेत स्मृती खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिता हुने
- ५. रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि
- ६. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी


