एमालेको ‘पाँच हजार दिने पाँच हजार सदस्य’ राष्ट्रिय अभियान सुरु

Halesi Khabar
0 Shares

काठमाडौँ, ३२ असार । नेकपा (एमाले) ले ‘पाँच हजार दिने पाँच हजार सदस्य’ राष्ट्रिय अभियान सुरु गरेको छ ।

पार्टीको स्रोतलाई बलियो बनाउन यस्तो अभियान सञ्चालन गरिएको हो ।

महासचिव शंकर पोखरेलले साउन १ गतेदेखि लागू हुने अभियानको शुक्रबार पार्टी कार्यालय ललितपुरको च्यासलमा शुभारम्भ गरेका छन् ।

पार्टी सदस्यहरूको मात्र सहभागिता रहने यस अभियानको शुभारम्भका अवसरमा महासचिव पोखरेलले पार्टीलाई सदस्यहरुकै आर्थिक सहयोगमा आत्मनिर्भर बनाउन यो अभियान चलाइएको बताए ।

अभियानको शुरुवात सहकारी क्षेत्रमा संलग्न ५० जना पार्टी सदस्यको सहभागिताबाट भएको छ ।

कार्यक्रममा पार्टीका उपमहासचिव तथा केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख विष्णु रिमालले अभियानका बारेमा विस्तृत रूपमा बताए ।

अभियानमा सहभागी हुन चाहनेहरूले मोवाइल बैंकिङ तथा इ–सेवाबाट क्यूआर स्क्यान गरी रकम भुक्तानी गर्न सक्नुहुनेछ ।

अभियानमा संलग्न हुन चाहनेहरूको पार्टीमा प्रत्येक महिना पाँच हजार रुपैयाँ योगदान रहनेछ । यो यस केन्द्रीय कमिटीको सिङ्गो अवधि (करिब पाँच वर्ष) सम्म रहने छ ।

अभियानमा कसरी संलग्न हुने ?

अभियानमा सहभागी हुन इच्छुक पार्टी सदस्य तथा शुभेच्छुकहरूले अनलाइनमार्फत भुक्तानी गर्न सकिनेछ । यो काम झण्झटमुक्त होस् भनेर फोन–पे वा मोबाइल बैङ्किङ सेवा लिनुहुनेहरुले सिधै आफ्नो मोवाइलबाट भुक्तानी गर्न सक्नुहुनेछ ।

यसका लागि पार्टीको वेबसाइट वा एमाले एप (CPN(UML) एपमा त्तच् क्अबल उपलब्ध छ । अनलाइनमार्फत पार्टीको खातामा रकम जम्मा हुनासाथ पार्टी अध्यक्षको धन्यवाद सन्देश मोवाइलमा आउने छ । यसपछि यस अभियानमा संलग्न भएको पुष्टि हुनेछ ।

मोबाइल बैङ्किङ नहुनेहरूले पार्टीको खातामा सिधै रकम जम्मा गर्न सक्नुहुनेछ । यद्यपि पारदर्शिताको लागि सबैलाई अनलाइन भुक्तानीमा जान पार्टीले जोड दिन्छ । यस प्रयोजनको लागि तोकिएको खाता नम्बर पनि पार्टीको वेब साईट र मोबाइल एप तथा सोसल मिडियामा राखिएको छ ।

तपाईको प्रतिक्रिया