पत्रकार चौलागाईँलाई ‘किराँत राई खेलकुद पत्रकारिता पुरस्कार’

Halesi Khabar
0 Shares

खोटाङ, २२ असार । खोटाङमा क्रियाशील पत्रकार उत्तम चौलागाईँ ‘किराँत राई खेलकुद पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । दिक्तेलमा सम्पन्न किराँत राई खेलकुद सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको अवसरमा पत्रकार चौलागाई नगद रु १५ हजार ५५५ राशीको पुरस्कारबाट पुरस्कृत हुनुभएको हो ।

पत्रकार चौलागाईले पत्रकारिताको माध्यमबाट जिल्लाको समग्र खेलकुद क्षेत्रको सुधार, बेथितिविरुद्ध र सुशासनको पक्षमा समाचार सम्प्रेषण गरेर पु¥याउनुभएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको नवनिर्वाचित अध्यक्ष राईले बताउनुभयो । पत्रकार चौलागाइँलाई तेक्वान्दो ग्राण्ड मास्टर तथा सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राईले सम्मान–पत्र र नगद पुरस्कार प्रदान गर्नुभएको हो ।

पत्रकार चौलागाईँ प्रभाव न्यूज डटकमका अध्यक्ष एवम् कान्तिपुर टेलिभिजनका जिल्ला संवाददाता हुनुहुन्छ । करिब एक दशकदेखि पत्रकारितामा क्रियाशील चौलागाईँ नेपाल प्रेस युनियन खोटाङका अध्यक्षसमेत हुनुहुन्छ ।

दिक्तेलस्थित बहुउद्देश्यी कभर्ड हलमा सम्पन्न महाधिवेशनबाट खोटाङका सञ्जयकुमार राई किराँत राई खेलकुद सङ्घको केन्द्रीय अध्यक्षमा चयन हुनुभएको छ । उन्नाईस सदस्यीय केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा रमा राई, नइन्द्र राई, सुर्यकुमारी सुनुवार राई, महासचिवमा मोतिचन्द्र राई, सचिवमा प्रविण कुलुङ राई र कोषाध्यक्षमा सुमन राई चयन हुनुभएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया