सबै रेकर्ड तोड्दै ‘कबड्डी ४’ को अभूतपूर्व कीर्तिमान

Halesi Khabar

काठमाडौँ । नेपाली चलचित्र जगतमा ‘कबड्डी ४’ ले व्यापारको अभूतपूर्व कीर्तिमान कायम गरेको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४’ ले १७ दिनमा १७ करोडभन्दा बढी कलेक्सन गर्दै नयाँ सर्वकालीन कीर्तिमान कायम गरेको हो ।

यससँगै छक्कापञ्जा ३ को लाइफटाइम कलेक्सनलाई उछिन्दै अहिलेसम्मकै सबैभन्दा सफल चलचित्रका रूपमा कबड्डी ४ दरिएको हो ।

आइतबार सम्ममा साढे १७ करोड बढी कलेक्सन भएको जनाइएको छ ।

अहिले पनि हलहरुमा दर्शकहरुको भीड छ ।

तीन करोड लगानीमा बनेको फिल्मले करिब ३० करोड कलेक्सन गर्ने अनुमान गरिएको छ ।

विदेशमा पनि राम्रो कलेक्सन गरिरहेको ‘कबड्डी ४’ ले अस्ट्रेलिया, अमेरिका, युरोपदेखि जापान पनि नयाँ रेकर्ड कायम गर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया