राष्ट्रियसभा निर्वाचनमा एमाले नै पहिलो दल, दोश्रो र तेश्रो कुन ?

Halesi Khabar

काठमाडौ । राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनले अधिकांश सिट जित हासिल गरेको छ । यद्यपि, गठवन्धनलाई ‘क्लीन स्वीप’ गर्नबाट भने चुकेको छ । नेकपा एमालले एक सिटमा जित हात पार्यो भने अर्को एक सिटमा बराबर मत ल्याएपनि गोलाप्रथामा चुकायो ।

अन्तिम परिणाम अनुसार चुनाव भएका १९ मध्ये १८ सिटमा गठवन्धनमा आवद्ध दलका उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएपछि ‘क्लिनस्वीप’ बाट गठवन्धन चुकेको छ । यो चुनावले गठबन्धन धोका दिन तयार छ भन्ने सन्देश भने प्रष्ट आएको छ ।

५ दल एक ठाउँमा हुँदा समेत एमालेलाई नसकिने रहेछ भन्ने सन्देश भने जनतामा जाने भएको छ । यस प्रदेशमा पनि गणितीय हिसाबले गठवन्धन नै बलियो थियो । त्यही भएर गठवन्धनका नेताहरु क्लीन स्वीपको दावी गरिरहेका थिए । मतदान सकिएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त एमाले ‘क्लिनस्वीप’ दावी नै गर्नुभएको थियो ।

तर गठवन्धनको सो दावीलाइ फेल खुवाएको भन्दै एमाले पंति खुशी बनेको छ । साथै, शेर्पाको विजयले राष्ट्रियसभामा एमालेलाई नै ठूलो पार्टीका रुपमा कायम राखेको छ । आजको चुनावअघि राष्ट्रिय सभामा २३ सिटसहित सबैभन्दा ठूलो दल एमाले थियो । चुनावबाट ७ सिट गुमाए पनि एक जितका कारण एमाले ठूलो दल बनिरहन सफल भएको हो । एमालेसँग राष्ट्रियसभा अध्यक्षसहित १६ सांसद छन् ।

एमालेपछि माओवादी केन्द्र ठूलो दल माओवादी बनेको छ । चुनावअघि १४ सिट रहेको माओवादीले निर्वाचनपछि १ सिट थप्दै दोस्रो ठूलो दल बनेको हो । माओवादीका ४ सिट रिक्त रहेकोमा गठवन्धनको भागबण्डाबाट एक सिट थपेको छ । अब माओवादीको राष्ट्रियसभामा १५ सिट रहने छ ।

तेस्रो ठूलो दल नेपाली कांग्रेस बनेको छ । चुनावअघि ७ सिटमा मात्रै सीमित रहेको कांग्रेसले चार सिट थप्दै तेस्रो ठूलो दल बनेको हो । कांग्रेसका तीन सिट रिक्त रहेका थिए । गठबन्धनमा ६ सिट पाएको कांग्रेसले तीन सिट थपेपछि १० सिट पुर्याएको छ ।

यस्तै, एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी चौथो ठूलो दल बनेको छ । चुनावअघि ७ सिटमा रहेको नेकपा एसका ४ सदस्य रिक्त रहेका थिए । गठबन्धनमा नेकपा एसले ५ सिट पाएको थियो । नेकपा एस एक सिट थप्न सफल भएको हो । अब ८ सिटसहित नेकपा एस चौथो ठूलो दल बनेको हो ।एक सिट रहेको जनता समाजवादीले गठवन्धनमा २ सिट पाएको भए पनि एक सिट मात्रै थप्न सफल भयो । प्रदेश १ मा एमालेका शेर्पासँग पराजित भएपछि जसपाले सम्भावित एक सिट गुमाएको हो । अब राष्ट्रियसभामा जसपाका दुई सांसद भएका छन् ।

प्रतिनिधिसभामा मात्रै रहेको राष्ट्रिय जनमोर्चाको राष्ट्रियसभामा समेत ‘इन्ट्री’ भएको छ । लुम्बिनी प्रदेशको दलिततर्फ जनमोर्चाका उम्मेदवार तुलबहादुर विश्वकर्मा विजयी भएसँगै राजमो संसदमा आएको छ । राष्ट्रियसभामा लोकतान्त्रिक समाजवादीको पनि एक सिट रहेको छ ।

 

यो चुनावमा कसले कति जिते ?

एमाले: सोनम ग्याल्जेन शेर्पा

नेपाली कांग्रेस: कृष्णप्रसाद पौडेल (वागमती), दुर्गा गुरुङ (कणर्ाली), कमला पन्त (गण्डकी), युवराज शर्मा (लुम्बिनी), गोपाल बस्नेत (प्रदेश १) र नारायणदत्त मिश्र (सुदूरपश्चिम)

माओवादी केन्द्र: जगत पार्की (सुदूरपश्चिम), सुरेश आलेमगर (गण्डकी), नरबहादुर बिष्ट (कणर्ाली), भुवनबहादुर सुनुवार (गण्डकी), उर्मिला अर्याल (मधेश)

एकीकृत समाजवादी: जयन्ती राई (प्रदेश १), गरिमा शाह (सुदूरपश्चिम), राजेन्द्रलक्ष्मी गैरे (लुम्बिनी), उदयबहादुर बोहरा (कणर्ाली) र गोमा तिमिल्सेना (वागमती)

जनता समाजावदी: महमद खालिद (मधेश)

राष्ट्रिय जनमोर्चा: तुलबहार विश्वकर्मा (लुम्बिनी)

अब राष्ट्रिय सभामा

एमाले: १६
माओवादी: १५
कांग्रेस: १०
एकीकृत समाजवादी: ८
जनता समाजवादी : २
राष्ट्रिय जनमोर्चा : १
लोकतान्त्रिक समाजवादी: १

तपाईको प्रतिक्रिया