खोटाङ, नेकपा एमाले खोटाङ इन्चार्जको जिम्मेवारी विशाल भट्टराईले पाउनु भएको छ । नेकपा एमाले केन्द्रीय कमिटिले अपानि जारि गर्दै ईन्चार्जको जिम्मेवारी भट्टराईलाई दिएको हो । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भट्टराई एमाले पोलिटब्युरो सदस्य तथा नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक समेत हुनु हुन्छ ।
यस्तै,एमाले खोटाङको सह–इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य तथा प्रदेश सांसद उषाकला राईले पाउनु भएको छ । राई यस अघि पूर्व सामाजिक बिकास मन्त्री एवं एमाले प्रदेश कमिटि सदस्य हुनु हुन्थ्यो ।


