गायिका प्रविशा अधिकारीले गरिन् इन्गेजमेन्ट, मंसिर ५ गते बिहे

Halesi Khabar
0 Shares

काठमाडौं, २ मंसिर । गायिका प्रविशा अधिकारीले इन्गेजमेन्ट गरेकी छन् । गायिका अधिकारीले बिहीबर आफ्ना प्रेमी निर्माण सिटौलासँग इन्गेजमेन्ट (टिकाटालो) गरेकी हुन् ।इन्गेजमेन्टकै लागि गायिका अधिकारी केही दिन अगाडि मात्रै झापा पुगेकी थिइन् । त्यस्तै निर्माण झापा चारापानेका भएता पनि लामो समयदेखि अमेरिकामा रहँदै आएका छन् ।

प्रविशा र निर्माणको बिहे मंसिर ५ गते हुँदैछ । गायिका प्रविशाका लागि निर्माणसँगको बिहेको कुराकानी उनको परिवारले नै अगाडि बढाएको बताइएको छ । बिहेकै लागि निर्माण पनि केही समय अगाडि मात्रे नेपाल आएका हुन् ।
न्यूज २४ नेपाल

तपाईको प्रतिक्रिया