खोटाङ, २ मंसिर । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र रावाबेँसी गाउँपालिका गाउँ कमिटी सचिवालय सदस्य एवम् दलित मुक्ति मोर्चा गाउँपालिकाका इन्चार्ज हिरालाल परियारले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै एमालेमा प्रवेश गरेका हुन् ।
नेपाललको पछिल्लो समयमा विथोलिएको नेकपाको राजनीति अवस्थाले हामी अग्रगामी क्रान्तिकारीहरुलाई विचलित बनाएको जगजाहेर छ । कम्युनिष्ट आन्दोलनको सैदान्तिक लडाई नभई कुर्सी र भागभण्डाको राजनीति सामान्तवाद पुँजिवादी राजनीतिसँग सहकार्य गरी देश परादेशको सरकारसँग चलाउनुका साथै देशको समाजवादी आन्दोलनको नेतृत्व नेकपा एमाले पार्टीले मात्र गर्नसक्ने कुरालाई आत्मसाथ गर्दै माओवादी केन्द्र र नेकपा एमाले समिकरण भइ बनेको नेकपाको निरन्तरता नै नेकपा एमाले भएको कुरा सावित भएको तथ्यलाई नकार्न सकिन्न । विज्ञप्तिमा भनिएको छ ।
जनताको त्याग तपस्याबाटबाट स्थापित जनताको बहुदलिय जनवादलाई आत्मसाथ गर्दै परियालले कातिक ३० गते मंगलबार प्रेस विज्ञप्ति सार्वजनक गर्दै माओवादी केन्द्र पार्टी छाडी एमाललेमा समाहित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


