नेकपा (एकीकृत समाजवादी) खोटाङको इन्चार्जमा चाम्लिङ र अध्यक्षमा रार्ई चयन

Halesi Khabar

खोटाङ, १४ कातिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । कातिक १२ र १३ गते बसेको नेकपा (एकीकृत समाजवादी) खोटाङको दोस्रो पूर्ण बैठकले जिल्ला कार्यसमितिको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज एवम् जनवर्गीय सङ्गठनहरु निर्माण गरेको हो ।

जिल्ला अध्यक्षको जिम्मेवारी तत्कालीन सचिव जलशेर राईलाई दिइएको नेकपा (एकीकृत समाजवादी) खोटाङले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । तत्कालीन जिल्ला अध्यक्ष बबि चाम्लिङलाई पार्टीले केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्जको जिम्मेवारी दिएपछि चाम्लिङले अध्यक्षको जिम्मेवारी सचिव राईलाई हस्तान्तरण गर्नुभएको हो ।

पचपन्न सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा बमबहादुर खत्री, अकिलकुमार राई र नरेशकुमार राई, सचिवमा राजन आचार्य, उप–सचिवमा मनिषा राई, किशोर आचार्य, कृष्णचन्द्र श्रेष्ठ, माइतीराज राई र सुमन राई तथा कोषाध्यक्षमा एन्टी शेर्पा चयन हुनुभएको छ । जिल्ला कार्यसमितिको बैठकले २३ सदस्यीय सचिवलाय समितिसमेत चयन गरेको पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।

दिक्तेल बजारमा बसेको बैठकले जिल्लाका दशवटै स्थानीय तहमा इन्चार्ज र सहइन्चार्ज तोकिएको जिल्ला सचिव राजन आचार्यले जानकारी दिनुभयो । सचिव आचार्यका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको इन्चार्जमा शुभचन्द्र राई, सहइन्चार्ज शम्भु घिमिरे तथा हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्जमा अकिल राई र सहइन्चार्जमा विष्णु दाहाललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, बराहपोखरी गाउँपालिकाको इन्चार्जमा भुवल राई, सहइन्चार्जमा बम दाहाल, जन्तेढुङ्गा गाउँपालिकाको इन्चार्जमा सुमन राई, सहइन्चार्जमा जसपाल राई, खोटेहाङ गाउँपालिकाको इन्चार्जमा मिलन श्रेष्ठ, सहइन्चार्ज अर्जुन गौरापिप्ली, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको इन्चार्ज नरेशकुमार राई, सहइन्चार्ज पेशल गुरागाई, साकेला गाउँपालिकाको इन्चार्जमा फूलकुमार राई र सहइन्चार्जमा शिबेन्द्रकुमार राई चयन हुनुभएको छ । यस्तै, ऐसेलुखर्क गाउँपालिकाको इन्चार्जमा कृष्ण श्रेष्ठ, सहइन्चार्ज पर्शु राई, केपिलासगढी गाउँपालिकाको इन्चार्जमा माइतीराज राई र सहइन्चार्जमा पवन श्रेष्ठ तथा रावाबेँसी गाउँपालिकाको इन्चार्जमा इश्वर श्रेष्ठ र पछि राख्ने गरी सहइन्चार्ज खाली राखिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

पार्टीले १८ वटा विभागीय प्रमुख, उपप्रमुख पनि तोकेको जनाइएको छ । अर्थ तथा योजना विभाग, उद्योग तथा वाणिज्य, प्रचार तथा प्रकाशन, स्कूल विभाग, युव तथा खेलकुद, शिक्ष तथा मानव श्रोत विकास, सहकारी विभाग, साहित्य कला तथा जनसाँस्कृतिक विभाग, स्थानीय विभाग, विज्ञान तथा प्रविधि विभाग, न्याय कानुन तथा मानव अधिकार विभाग, निर्वाचन विभाग, वन तथा वातावरण विभाग, कृषि तथा भूमि सुधार विभाग, भौतिक पूर्वाधार तथा जनसंख्या विभाग, महिला विभाग, सङ्गठन विभाग, मोर्चा सङ्गठन विभाग र मजदुर विभागको प्रमुख उपप्रमुख तोकेको हो ।

यस्तै, प्रदेश नं. १ को प्रदेश समितिमा खोटाङबाट उदयबहादुर कार्की, तारानाथ दाहाल, बम खत्री, अकिल राई, कुमार राई, विष्णु दाहाल, लवकुमार राई, अम्बिका राई र मिलन श्रेष्ठ रहेको जानकारी दिइएको छ । पार्टीले तिहारपछि सङ्गठन निर्माण, गाउँपालिका तथा नगरपालिकास्तरीय पार्टी कार्यालय स्थापना लगायतको काम गर्ने जनाएको छ ।

यसैबीच, पार्टी विभाजनपछि नेकपा एमालेमा हुँदा जोडेको सम्पत्तिका बारेमा तपाईहरुको दाबी रहन्छ कि रहन्न ? भन्ने पत्रकारको प्रश्नमा आफूहरु केन्द्रीय समितिको निर्णय आएपछि मात्र बोल्ने जिल्ला इन्चार्ज चाम्लिङले बताउनुभयो । “एमालेको नाममा भएको सम्पत्तिमा हाम्रो पनि हक लाग्छ”, उहाँले भन्नुभयो, “केन्द्रीय समितिले निर्णय गरेको छैन । निर्णय आएपछि जिल्लामा पनि छलफल हुन्छ ।”

राजनीतिक क्रियाकलापमा जिल्लास्थित नेकपा एमाले लगायत सबै पार्टीसँग सौहार्दपूर्ण व्यवहार गरेर अगाडि बढ्ने जिल्ला इन्चार्ज चाम्लिङले बताउनुभयो । आगामी निर्वाचनमा भने सत्ता गठबन्धनसँगको सहकार्यलाई नै निरन्तरता दिइने र ओली प्रबृत्तिलाई पराजय गर्ने चाम्लिङको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया