दश जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, को कहाँ (नाम सहित)


काठमान्डौ । गृह मन्त्रालयले दश जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । शुक्रवार प्रजिअहरुको काज सरुवाको निणर्य गरिएको गृह मन्त्रालयले जनकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा सह-सचीव जयनारायण आचार्यलाई सरुवा गरिएको छ । भने भोजपुरको सिडिओमा मन्त्रालयका सह-सचीव कमलराज ढकाल, लमजुङमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रविन्द्र आचार्य, डडेलधुरामा मोहनराज जोशी र म्याग्दीमा चिरञ्जिवी रानालाई सरुवा गरिएको छ ।

यस्तै, नमराज जैसीलाई रसुवा र अनोज घिमिरेलाई तेह्रथुमको प्रजिअको जिम्मेवारी दिइएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया