हलेसी खबर
असोज १३, बुधबार । दलित महिला केन्द्र नेपाल ( सि डि डब्लु एन) ले खोटाङको तीनवटा स्थानीय तहमा महिला जनप्रतिनिधीहरुलाई तालिम दिएको छ । जिल्लाको १० वटा स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा शि लिड्स परियोजना संचालन गरि रहेको दलित महिला केन्द्र नेपालले रावाबेसी र साकेला गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तालिम कार्यक्रम संचालन गरेको हो ।
जिल्ला सदरमुकाम दिक्तेलमा बुधबार सार्वजनिक सुनुवाई तथा तालिम समापन कार्यक्रम गर्दै जील्लाको साकेला गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सार्वजनीक सुनुवाईको कार्यक्रम सकेको शि लिड्स परियोजनाका जिल्ला संयोजक भानु राईले जानकारी दिनु भयो । यसै हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाम चाँर्डै तालिम तथा सार्वजनीक सुनुवाईको कार्यक्रम गरिने जानकारी दिनु भयो ।
दिक्तेल बजारमा आयोजिक कार्यक्रमको प्रमुख अथिति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले राजनीतिमा महिलाहरुलाई अवसर रहेको बताउनु भयो । उहाँले आफुले सक्छु भनेर राजनीतिमा लाग्नु पर्ने र प्रतिस्पर्धामा उत्रनु सक्नु पर्ने उहाँको भनाई रहेको थियो । यस्तै कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति प्रकाश श्रेष्ठले महिलाहरुको विषय आफ्नो आफ्नो घरबाट शुरु गर्नुपर्ने बताउनु भएको छ । उहाँले आफ्नो घरबाटै परिवर्तनको शुरुवात नगरेमा सम्भवना नहुने धारणा राख्नु भयो ।
यस्तै जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष निर्मल राईले महिला प्रतिनिधीत्वमात्र होईन अब नेतृत्वमा स्थापित हुनुपर्ने बताउनु भयो । उहाँले जुन जुन पार्टीमा लागेको भएपनि त्यहि पार्टीभित्रबाट आफुले निर्वाचनमा प्रतिनिधीत्व गर्न पाउनु पर्ने माग राख्न सुझाउनु भयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दिलिप खत्री, पत्रकार हलेसी खबरका प्रधान सम्पादक भिम राई, श्री पञ्च माविका शिक्षक नईन्द्र कुमार खत्री लगायतले आफ्ना धारणा राख्नु भएको थियो ।
यस अघि साकेला गाउँपालिकामा पालिका अध्यक्ष अर्जुन खड्का झंकारको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो भने रावावेसीमा गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । शि लिड्स परियाेजनाका प्रशिक्षक संविधान सभा सदस्य दुर्गा जयन्ति राईकाे सभापतित्वमा भएका कार्यक्रहरुमा हाल सम्म तालिममा ३२ जना जन निर्दवाचित महिला जनप्रतिनिधीहरुको सहभागिता रहेको छ ।


