दिक्तेल बजारमा बजाजको शोरुम सञ्चालन


सन्तोश पौडेल
खोटाङ, ३१ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलको रत्नपार्कमा खोटाङ अटो लिङ्क प्रा.लि.ले बजाज कम्पनीको मोटरसाइकल शोरुम सञ्चालमा ल्याएको छ । प्रदेश नम्बर-१ अन्तरगत पर्ने पूर्वी पहाडी जिल्ला खोटाङमा बजाज कम्पनीले बजाज सेल्स, सर्भिस र स्पेयर्स उपलब्ध गराउने उद्देश्यले हालै शोरुम सञ्चालमा ल्याएको हो ।

दिक्तेल बजारस्थित रत्नपार्कमा सञ्चालमा ल्याइएको बजाजको शोरुमले ग्राहकलाई मोटसाइलक खरिद,मोटरसाइकलको स्पेयर्स, पाट्र्स तथा एसेसरिज खरिदका लागि सहज वातावरण बनाएको छ । बजाजले दिक्तेलमा शोरुम सञ्चालनमा ल्याएसँगै दशै अफरसमेत ल्याएको जनाइएको छ ।

दशैँ अफर अन्तरगत बजाजको मोटरसाइकल किन्नुअघि रु दश हजारसम्म छुट, किनिसकेपछि रु एक हजारदेखि एक लाखसम्म भाग्यसाली चिठ्ठा र मोटरसाइकल किनेपछि दश लाखसम्मको भाग्यशाली चिठ्ठासमेत रहेको प्रा.लि.का सञ्चालक सरोज सँैजूले बताउनुभयो । यस्तै, डाउनपेमेन्टमा ३० प्रतिशत र ५० प्रतिशत डाउनपेमेन्टमा ० प्रतिशत ब्याजदरमा फाइनाइन्सको समेत सुविधा रहेको जनाएको छ ।

शोरुममा दैनिक सातजना कर्मचारीले चौबीसै घण्टा ग्राहकलाई सेवा प्रवाह गरिरहेको प्रा.लि.का अध्यक्ष धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । “मोटरबाइक बिक्री वितरण गर्नुका साथै मर्मत सेवासमेत उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो, “सबैखाले समस्याको समाधान गरिनेछ ।”

अटो लिङ्क प्रा.लीले बजाज कम्पनीका सबै मोडलका मोटरसाइकल बिक्री तथा मर्मत गर्दै आइरहेको सञ्चालक सैँजूले बताउनुभयो ।

तपाईको प्रतिक्रिया