१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए को कहाँ (सूचीसहित)


काठमान्डौं, ३० भदौ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । मन्त्रीस्तरीय निणर्यबाट १२ जना सीडीओलाई जिल्लामा सरुवा गरेको हो । त्यस्तै ३ जनालाई भने मन्त्रालयमा तानिएको छ ।

गुल्मीका सीडीओ रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ, भने पुण्यविक्रम पौडेललाई गुल्मी पठाइएको छ । यता मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

त्यस्तै,मोरङका सीडीओ कोषहरि निरौला मन्त्रालय तानिएका छन् । शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङ, दीपक पहाडीलाई रामेछाप र नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ ।

यता आश्मान तामाङलाई चितवन, कृष्णा लम्साललाई धादिङ, वीरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देही पठाइएको छ । टेकनारायण पौडेल मन्त्रालय तानिएका छन् । त्यस्तै टेकराज निरौलालाई दोलखा पठाइएको छ, भने वासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ ।

सरुवा भएका सीडीओको सूचीः

IMG_0002(3)

तपाईको प्रतिक्रिया