भीम रावललाई ओलीको जवाफ– ‘लेखराजको जिम्मेवारी परिवर्तन हुँदैन’

Halesi Khabar

काठमाडौँ, २७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन गर्न नसक्ने जवाफ दिनुभएको छ । आइतबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने जवाफ दिनुभएको हो ।

नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सम्झौता कार्यान्वयन गर्दा एमालेको सुदुरपश्चिम इन्चार्ज उपाध्यक्षसमेत रहनुभएका भीम रावल हुनुपर्ने भएपनि अध्यक्ष ओलीले लेखराज भट्टले नै उक्त जिम्मेवारी सम्हाल्ने र रावललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न भन्नुभएको स्रोतले जनाएको छ । भट्टलाई गत फागुन २३ गतेपछि एमाले सुदुरपश्चिम प्रदेश इन्चार्ज तोकिएको थियो । त्यसबेला रावल माधव नेपाल समूहमा रहनुभएको थियो ।

माधव नेपालसहितका नेताहरुले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गर्दा रावल पुन ओली समूहसँगै बस्नुभएको छ । १० बुँदे कार्यदलका संयोजकसमेत रहनुभएका रावल पार्टी जेठ २ मा फर्कने भन्ने सहमतिपछि सुदूरपश्चिमको संयोजक पनि स्वत आफै हुनुपर्ने पक्षमा रहनुभएको छ ।

तपाईको प्रतिक्रिया