रौतहट : प्रहरी प्रमुख शाहलाई जिम्मेवारीबाट हटाउने तयारी


काठमान्डौँ,८ भदौ । रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाइने भएको छ ।निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरिएको प्रकरणमा शाहको संलग्नताबारे छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरिएको हो ।

प्रमुख शाहको ठाउँमा नयाँ एसपी पठाउने तयारी गरेको प्रहरी प्रधान कार्यालय नक्सालले बताएको छ । उक्त घटनामा शाहको संलग्नताबारे छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण महतको नेतृत्वमा ४ सदस्यीय समिति बनाएको जनाइएको छ । समितिमा कानूनी शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतलगायतका सदस्य रहेका छन् ।

समितिले पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाइएको घटनामा एसपी शाहको संलग्नता रहे नरहेकोबारे छानविन गरेर प्रहरी महानिरीक्षकलाई प्रतिवेदन बुझाउनेछ । प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाह निलम्बनमा परिसकेका छन् ।

प्रहरीले मुख्य योजनाकार भनेको सहनीलाई एसपी शाहले फोन गरेर ‘हिजो काम भएछ नी त है’ भनेको अडियो सार्वजनिक भएको थियो ।कुराकानीको सुरुवातमा उनले ‘एक्लै हो’ भनेर प्रश्न समेत गरेको अडियोमा स्पष्ट सुन्न सकिन्छ ।

तपाईको प्रतिक्रिया