देशभर चट्याङ्गसहित भारी वर्षाको सम्भावना


तस्वीर वेव
काठमान्डौं, ४भदौ । देशभरको मौसम आज (शुक्रबार) बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्युन चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको छ ।

आज बिहान देशभर सामान्य देखि पूणर् बदली रही प्रदेश-१, बागमती, लुम्बिनी, कणर्ाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।शुक्रबार दिउँसो देशभर सामान्य देखि पूणर् बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश -१, कणर्ाली प्रदेश, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशभर सामान्य देखि पूणर् बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश-१ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया