विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर्न नेता थापाको चेतावनी


काठमान्डौ,२७ साउन। नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन नभएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नु भएको छ, ‘वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेका छन् । एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम त छ नै संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुदा उनीहरू आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य छन् ।’ केहि दिनपहिले नेता थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर विकल्पसहित परीक्षा रोक्न माग गर्नुभएको थियो ।

नेता थापाले लेख्नु भएको छ, ‘एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने ? कि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ ! तर, विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर ।

यस बारेमा हिजो सांझ प्रधानमन्त्रीज्यूलाई भेटेरै ध्यानाकर्षण गराएको छु । उहाँले यो विषयलाई गम्भिरताका साथ लिनुभएको छ र तत्काल पहलकदमी लिई ठोस निणर्य लिने कुराको विश्वास दिलाउनु भएको छ ।’ कक्षा १२ को परीक्षा रोकिएको भए पनि त्रिविले भने परीक्षा स्थगित गरेको छैन ।

तपाईको प्रतिक्रिया