तस्वीर – भीम राई
खोटाङ, २६ साउन । डाइजेष्टिभ विस्कुटमा बोरा सिलाउने प्लास्टिकको धागो फेला परेको छ। खोटाङको सदरमुकाम दिक्तेल बजारका एक स्थानीयले मंगलबार बिहान बच्चालाई विस्कुट खुवाउनेक्रममा विस्कुटको पानोमा धागो फेला पारेका हुन्।
क्वालिटी फुड एण्ड स्न्याक्स इन्डस्ट्रिज प्रालि दुहवी सुनसरी नेपालद्धारा उत्पादित द क्वालिटी डाइजेष्टिभ नामक विस्कुटमा लापरवाही देखिएको हो।
असार २०२१ मा उत्पादित उक्त विस्कुटमा धागो फेला परेको हो। विस्कुटको पानोमा धागो फेला पर्नु मानिसको स्वास्थ्यमाथि विस्कुट उत्पादक कम्पनीले गम्भीर लापरवाही गरेको बताइएको छ।
विस्कुट कम्पनीले आफ्नो उपभोक्ताहरुको सुरक्षा र स्वास्थ्यको लागी स्वच्छता, सुरक्षा र गुणस्तरीय मापदण्डको उच्चस्तरको विस्कुट भनेर प्रचार गरेपनि लापरबाही गरेको पाइएको छ।
पाइवर, प्रोटिन र भिटामिन वी पाइन्छ भनेर लेखेको उक्त विस्कुटको मुल्य १५ तोकिएको छ। एपि नम्बर ०२ ०६ ६८ ०७ २४२ रहेको विस्कुटको पानामा जेलिएको अवस्थामा प्लास्टिकको धागो भेटिएको हो।
डाइजेष्टिभ विस्कुटमा अनेकन अखाध्य वस्तुहरु फेला पर्नु कुनै नौलो विषय होइन। यसअघि पनि जिल्लाका एक पत्रकारले विस्कुटको पानाभित्र प्लास्टिक मिसिएको भेटेपछि समाजिक संजालमा नै राखेका थिए।
डाइजेष्टिभ नामक विस्कुटमा लापरवाही,बिस्कुटको पानोमा भेटियो प्लास्टिक
तपाईको प्रतिक्रिया
- १. माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका दुई हजार ८५७ विद्यार्थी सहभागी हुँदै
- २. नव निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईलाई जिल्लावासीको बधाई तथा शुभकामना
- ३. प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ खोटाङका ११ जना उम्मेदवारको जमानत जफत
- ४. श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
- ५. खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि
- ६. खाेटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै, काँग्रेस र एमाले पछ्याउँदै


