फाइल तस्वीर
सन्तोश पौडेल
खोटाङ,२३ साउन । खोटाङमा सार्वजनिक विदाका दिन विना पास चलाइएका सरकारी सवारी साधनमा व्यापक दुरुपयोग भएको पाइएको छ ।सार्वजकि विदाका दिन विना पास चलाइएका विभिन्न जिल्लाका सरकारी सवारी साधनलाई खोटाङ प्रहरीले नियन्त्रणमा लिएको हो ।
खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -१३ नुनथलामाअवस्थित महुरेगढी बहुप्राविधिक शिक्षालयको बा.२ झ ४१६२ नम्बरको गाडी,धनुसा जिल्लाको सहिद नगरपालिकाको प्रदेश नम्बर २-०२-००१ ब.०४७४ र प्रदेश नम्बर २-०२-००१ ब.०४७५ नम्बरको मोटरसाइकल जथाभावी रुपमा बिना पास चलाएको आधारमा नियन्त्रणमा लिइएकोे जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर साहले बताउनुभयो ।
यस्तै,जिल्लाको केपिलासगढी गाउँपालिका कार्यालयको स.१-ब.७८५ नम्बरको मोटरसाइकल,जिल्ला समन्वय समिती खोटाङको बा.-२ब.२१२२ नम्बरको मोटरसाइल,सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिको स.-१ब.७३२ नम्बरको मोटरसाइकल र सहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुङ्गाको प्रदेश नम्बर -१ -०२-००१ ब.२६५४नम्बरको मोटरसाइकल इलाका प्रहरी चौकी हलेसी,प्रहरी बिट रत्नपार्क र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलिले शनिबार नियन्त्रणमा लिएको निरीक्षक साहले बताउनुभयो ।
नियन्त्रणमा लिइएका सबै सरकारी सवारी साधन आगामी दिनहरुमा पुन दुरुपयोग नगर्ने सर्तमा छाडिएको प्रहरीले जनाएको छ । पछिल्लो समय खोटाङमा सरकारी सवारी साधन दुरुपयोग गर्नेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धी भएको छ ।
सरकारी सवारी साधन दुरुपयोग नियन्त्रण गर्नका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका सह-सचिव चिसाङ शेर्पाले जिल्लामा पहिलो पटक समाचार लेख्नुभएको थियो ।


